२ हजार करोड भारु कमाउदै चलचित्र दंगलले बनायो रेकर्ड

28 June, 2017 13:00 | कला/मनोरन्जन , वलिउड | comments | 42150 Views

फोर्ब्स पत्रिकाका अनुसार अमिर खान अभिनित चलचित्र दंगल बलिउडमा २ हजार करोड भारु कमाउने पहिलो चलचित्र बनेको छ ।

चिनियाँ बक्स अफिसमा ५३ औँ दिनमा २.५ करोड भारु कमाएपछि चलचित्रले यो कोशेढुंगा पार गरेको हो । फेर्ब्सका अनुसार चलचित्रले ३०.७ करोड डलर कमाउन सफल भएको छ ।

यति मात्र होइन दंगल अंग्रेजीबाहेकका चलचत्रिमा सबैभन्दा धेरै कमाउने सूचीमा पाँचो स्थानमा रहन सफल भएको छ भने सन् २०१७ मा खेल क्षेत्रमा आधारित भएर निर्माण गरिएको सबैभन्दा सफल चलचित्र पनि बनेको छ ।यसअघि दंगल हलिउडबाहेक चिनियाँ बक्समा १६ औँ सफल चलचित्र पनि बनिसकेको छ ।

दंगलले क्याप्टेन अमेरिका – सिभिल वार, थ्रिपल एक्स – रिटर्न अफ ज्यान्डर केज, ट्रान्सफमर्स -डार्क अफ द मुन, टाइटन थ्रिडी र जंगल बुकलाई पछि पारिकसकेको छ ।दंगलअघि अवतार र जुरासिक पार्क १५ र १४ औँ स्थानमा रहेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More