३५ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

17 July, 2017 16:23 | जन सरोकार | comments | 4 Views

लामो समय देखि बढुवा हुन नसकेको नेपाल प्रहरीमा एकैपटक ३५ जना डिएसपीलाई एसपीमा बढुवाका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले राष्ट्रिय अनुसन्धानबाट नेपाल प्रहरीमा सारिएका १२  र र अन्य २३ जनालाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

सिद्धि विक्रम शाह, सुशिल सिंह राठौंर, माधव प्रसाद श्रेष्ठ, डम्बर बहादुर विक, गणेश चन्द, उमाप्रसाद चर्तुवेदी, ओमबहादुर राना, सुरेन्द्र बहादुर गुरुङ्, हिमालय कुमार श्रेष्ठ, विमल बस्नेत बढुवा सुचीमा परेका छन् ।

उनीहरु राष्टिय अनुसन्धानबाट प्रहरीमा समावश गरिएका प्रहरी हुन् । राजन अधिकारी, इश्वर कार्की, केदार रजौरे, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेश कुमार आर्चाय, अरुण पौडेल, राजेन्द्र भट्ट, मनोज कुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया पनि बढुवामा परेका छन् ।

रविराज खड्का,सुर्दशन प्रसाद कोइराला, विनोद घिमिरे, जिवनकुमार श्रेष्ठ क, जयराज सापकोटा, शारदा प्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दिपेन्द्र घर्ती, रामेश्वर प्रसाद यादव, दिलिपसिंह देउजा र संजिव शर्मा दास पनि बढुवामा परेका छन् ।

दासलाई रामेछाप घटनामा मध्य क्षेत्र प्रहरी कार्यालयले विभागिय कारबाहीका लागि हेडक्वाटरमा पत्र पठाएको थियो । बलात्कारपछि बालिकाको हत्या गर्नेसँग साँठसाठ गरेको आरोप उनीमाथि छ। भएपनि उनलाई पनि हेडक्वाटरलले बढुवाको सिफारिस गरेको हो ।

भत्ता काटिएपछि बढ्यो जाम : ६६ ट्राफिक प्रहरी कारबाहीमा

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More