४ करोड लिएर भागेका लेखा अधिकृत पक्राउ

25 April, 2018 23:59 | जन सरोकार | comments | 56100 Views

करिब ४ करोड रुपैयाँ सरकारी रकम लिएर फरार भएका लेखा अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई बुधबार पक्राउ गरेको हो ।

adsads

आयोगको टोलीले उनलाई काठमाडौंको ज्ञानेश्वरबाट पक्राउ गरेको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट पैसा निकालेर उनी सम्पर्कविहित भएका थिए । सामाजिक सुरक्षा भत्ताको पैसा उनले निकालेका हुन् ।

बैशाख ३ गतेदेखि उनी मोबाइल समेत अफ गरी सम्पर्क विहिन भएका थिए । अख्तियारले सूचना पाएपछि अनुसन्धान सुरु गरी पक्राउ गरेको थियो ।

एक करोड ९८ लाख ७५ हजार दरका दुई वटा चेक उनले आफ्नो खातामा जम्मा गरेका थिए । आफ्नो खाताबाट पनि उनले पैसा निकालिसकेको र खातामा २७ लाख मात्र भएको खुलेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More