९५ प्रतिशत सफल भो सफल भो पर्यटन मन्त्री अधिकारीको सय दिन (भिडियोसहित)

25 May, 2018 22:14 | राजनीति | comments | 21750 Views

सरकारले सय दिन पार गरेको छ । यो सय दिनमा सरकारको समग्र मूल्यांकन गर्दा खासै धेरै उपलब्धि नभए पनि आशा गर्न सकिने र दीर्घकालीन प्रभाव पार्ने काम सरकारबाट भएका छन् ।

adsads

वर्तमान सरकारका मन्त्रीहरुले पनि सयदिने कार्ययोजना सार्वजनिक गरे । सरकार गठन भएको सय दिनकै अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले १०० दिने कार्ययोजनाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको छ ।

मन्त्री नियुक्त भएलगत्तै १०० दिने कार्ययोजना अघि सारेर त्यसैमा उद्यत रहनुभएका मन्त्री अधिकारीले दीर्घकालीन र अल्पकाली गरी थुप्रै कार्य सम्पन्न गरिसक्नुभएको छ ।

उहाँको १०० दिने कार्यकालको सबभन्दा ठूलो उपलब्धी भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा संचालन हुनु, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत हुनु र काभ्रेमा आन्तरिक वैकल्पिक विमानस्थल बनाउन पहल गर्नु रहेको छ ।

यसअघि मन्त्री अधिकारीकै पहलमा रानीपोखरीको पुनःनिर्माण पुरातात्विक शैलीमा पहिलेकै जस्तो बनाउने निर्णय भएको छ भने काष्ठमण्डपको पुनःनिर्माणको शुभारम्भ भएको छ ।

मन्त्री अधिकारीले बुँदागत रुपमा त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार, राष्ट्रिय गौरबका आयोजनाहरुको कार्यान्वयन, क्षतिग्रस्त सम्पदाहरुको पुनःनिर्माण, नीतिगत तथा कानुनू सुधार, संस्कृति प्रवद्र्धन, पुरातात्विक, धार्मिक सम्पदाहरुको संरक्षण, अभिलेखको डिजिटाइजेशन लगायतका विषयहरुलाई समेट्नु भएको थियो

यसका अतिरिक्त उहाँले घोषणा गरेका विविध योजनाहरु कतिपय सम्पन्न भएका छन्, कतिपय घोषणा नगरिएका काम पनि भएका छन् ।

शुक्रबार पर्यटन मन्त्रालयमा मन्त्री अधिकारीले आफ्नो सयदिने कार्ययोजनाका बारेमा गर्नुभएको पत्रकार सम्मेलनको पूर्ण भडियो यहाँ प्रस्तुत छ-

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

फेसबुक

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!