९६ हजार भारतीय नक्कली नोटसहित एक पक्राउ

13 December, 2017 22:14 | जन सरोकार | comments | 39600 Views

 

झापाको दमकबाट भारतीय ९६ हजार रुपैयाँ नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पश्चिम बंगाल आलमगञ्ज तालगाछि हरीसचन्द्रपुर, माल्दा बस्ने ३१ वर्षीय मोहमद अरजउल करीम मिया बुधारबार पक्राउ परेका हुन् । दमक–६ स्थित सब्जी बजारबाट उनलाई ४८ थान भारतीय रुपैया २ हजारको नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सब्जी बजारमा व्यापारीसँंग मोलमोलाई गरिरहेको बेला शंका लागि खानतलासी गर्दा उनको पेन्टको गोजी बाट सो मुल्य बराबरको भारतीय रुपैयाँ फेला परेको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् । भेटिएका केही नोटहरुको एउटै नम्बरका रहेका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा मियाले दमकको रासन पसलमा पैसा साट्न गएको र दमककै एक होटलमा बसेको खुल्न आएको छ ।

यो  पनि पढ्नुहोस्

पाँच सयका नक्कली नोटसहित २ जना पक्राउ

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More