जापान

नेपाल तामाङ समाज जापानले वृहत वनभोज कार्यक्रम गर्ने

जापानमा बसोबास गर्ने तामाङ समुदायको संस्था नेपाल तामाङ समाज जापानले विगतमा झैं यस वर्ष पनि वृहत वनभोज (बीबीब्यू) गर्ने भएको छ ।

प्रवासमा रहेर एकआपसमा आत्मीयता साटासाट र सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको वनभोज कार्यक्रममा जापानबासी नेपालीहरु सबैलाई आमन्त्रण गरिएको छ ।

जापानबासी सम्पूर्ण तामाङ तथा गैरतामाङ समुदाय सबैका लागि खला गरिएको वनभोज कार्यक्रम आउँदो सेप्टेम्बर १७ आइतबार विहान १० बजेदेखि सुरु हुनेछ ।

६-२-१ रिन्काइचो, एडोगावा-कु, 東京都江戸川区臨海町6丁目2-1 टोकियोमा आयोजना हुने वनभोजका लागि विद्यार्थी र महिलाका लागि ३ हजार ५ सय र पुरुषका लागि ४ हजार येन शुल्क तोकिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.