निकोनको क्यामेरामा एनरोइड सिस्टम

23 August, 2012 09:09 | सूचना/प्रविधि | comments | 25950 Views

गूगलको एनरोइड सिस्टम राखी जापानी कम्पनी निकोनले डिजिटल क्यामेरामा बजारमा ल्याएको छ । कुनै पनि क्यामेरामा एनरोइड सिस्टमको प्रयोग भएको यो पहिलो पटक हो ।

adsads

निकोनको “पोइन्ट एन्ड शुट कुलपिक्स S800C” मोडलको उक्त डिजिटल क्यामेरालाई कम्पनीले सामाजिक तस्बिरिय उपकरणको नाम दिएर मार्केटीङ गरेको छ । स्मार्टफोनको ब्याप्त बजारका कारण क्यामेराको बजारलाई सिधा असर पार्ने भएता पनि कम्पनीले यो पछिल्लो क्यामेरामा उत्कृष्ट तस्बिर लिने खुबि भएकाले भिन्न प्रतिस्पर्धामा खसै फरक नपर्ने जनाएको छ ।

 

निकोनले आफ्नो सन्देशमा क्यामेराका साथै ईन्टरनेट चलाउन वाइ-फाइका साथै नयाँ सफ्टवेर र एनरोइड सिस्टमका कारण यो क्यामेरा कुनै पछिल्लो स्मार्टफोन भन्दा कम नभएको जनाएको छ । सामाजिक सन्जाललाई ध्यानमा राखेर यो क्यामेरालाई बजारमा ल्याइएको जनाइएको छ । एनरोइड सिस्टमका कारण फोनमा प्रयोग हुने अन्य सुबिधा सहित आएको यो पछिल्लो क्यामेराले बजारमा कस्तो ब्यापार गर्ने हो त्यो भने हेर्न बाँकी छ । उक्त क्यामेराको मुल्य ३५० अमेरिकि डलर तोकिएको जनाइएको छ ।

 

Ref: BBC

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More