सामसुङ बिरुद्धको फैसलामा गूगलको आपत्ति

28 August, 2012 09:55 | सूचना/प्रविधि | comments | 24000 Views

गत हप्ता भएको एप्पल र सामसुङ बिचको प्याटेन्ट मुद्धामा एप्पल बिजयी भएपछि गूगलले फैसला प्रति आपत्ति जनाएको छ ।

गूगलले सोझो शब्दमा यो फैसला ले एनरोइड फोन प्रती को प्रयोगकर्ताको रुची र उपायोग मा सिमा निर्धारण गरेको छ भनेको छ ।

adsads
एनरोइड अपरिटिङ सिस्टम उत्पादक गूगल ले आफ्नो सिस्टम बिभिन्न स्मार्टफोन मा उपलव्ध गराउदै आएको छ । बिश्व मा कारीब ५० प्रतिशत स्मार्टफोन प्रयोगकर्ताले एनरोइड सिस्टम भएको फोन चलाउने गरेको तथ्य छ ।

 

तसर्थ गत हप्ता भएको सामसुङ बिरुद्ध को मुद्धा मा एप्पल को जित पस्च्यात यि कुरामा प्रयोगकर्ता मा केहि निरशाको आवस्था सिर्जना भएको गूगल को ठम्याइ छ ।

 

स्मरण रहोस्, प्याटेन्ट सम्बन्धी सामसुङ र एप्पल को मुद्धामा एप्पल बिजयी हुँदा सामसुङ ले जरिवाना स्वरुप १ बिलियन डलर भन्दा धेरै रकम तिर्नुपर्ने भएको थियो । सोही जरिवाना पस्च्यात सामसुङ को शेयरमा ७.५ प्रतिशत ले गिरावट आएको छ भने उता एप्पल को शेयर मा क्रमश बृद्धी भएको छ । दुइ ठुला स्मार्टफोन कम्पनी को बिबाद को फाइद भने विन्डोज फोन ले उठाउन सक्ने जानकार हरु बताउछन ।-बिबिसी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More