जापानमा नेपालीका आक्रमणकारी समातिए

13 November 2013 17:29
नेपाल जापान डट कम सम्बाददाता-

vietnamजापानको सिंजुकुमा हेम्जा कास्कीका सुधीर थापा माथी सांघातिक हमला गर्ने आक्रमणकारीहरु लाई बुधबार जापान प्रहरीले पक्राऊ गरेको छ । थापालाई करीब दुई महिना अगाडी सडकमा हिडीरहेको अबस्थामा सात जनाले धारिलो हतियारले आक्रमण गरेका थिए । आक्रमणकारीहरु भियेतनामी भएको जापानी न्यूज च्यानल एएनएनले जनाएको छ ।

 

जापानी टेलिभिजन एएनएन न्यूजका अनुसार भियेतनामीहरुले आफ्नो बयानमा आफ्नो भाई लाई नेपालीले आक्रमण गरेको र त्यही बदला स्वरूप सुधीरलाई आक्रमण गरेको बताएका छन । यद्द्यपी सुधीर माथिको आक्रमणमा आफुहरुको गल्ती भएको बताएका छन । आफ्नो भाईको आक्रमणकारिलाई आफुहरूले पहिचान गर्न आफु हरु असफल भएको उनिहरुको भनाई छ ।
भाषा अध्ययन गर्ने क्रममा जापान आएका पोखरेली थापा पछि ब्यबसायिक कलेजमा अध्ययनरत थिए ऊनि उक्त घट्ना पश्चात अझै अस्पतालमा उपचाररत छन । पक्राऊ परेका आक्रमणकारीहरु लाई अब प्रहरीले कस्तो कारबाही गर्छ वा गर्दैन केही खुलाइएको छैन ।

ANN NEWS को फुटेज 

सम्बंदित समाचारहरु फेला परेनन् ।