Saturday 25, February 2017
नेपाली समय: 10:56:47
जापानी समय: 02:11:47

cate

फाल्गुण महिनामा चन्द्रागिरि केबलकारमा विशेष छुट

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रर्वद्वित चन्द्रागिरि केबलकारले २०७३ साल फाल्गुण महिनाभरि सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला आउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट लिन सक्ने व्यवस्था मिलाएको छ । छुटव्यवस्था अनुसार कूल रु. ७ सय पर्ने केबलकार टिकटरु. ३सय पचासमा प्राप्त गर्न सकिनेछ ।यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन पाउनु हुनेछैन […]

cate

हिमालय एअरलायन्सको काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु

निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले शुक्रबारदेखि काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले प्रथम उडान सेवाको शुभारम्भ गर्नुभयो । नेपाल–चीन संयुक्त लगानीको उक्त विमान सेवाले एअरबस–३२० विमानबाट उडान थालेको हो । आजको उडानमा विमानका सबै सिट भरिएका उक्त […]

cate

नेपाललाई विश्वसामु परिचित गराउने दश सम्पदाहरु

भावना पाठक -नेपाल कला संस्कृतिले मात्र हैन प्राकृतिक सम्पदाले पनि भरिपूर्ण देश हो | यहि सुन्दरतालाई नजिक बाट हेर्न नेपालमा लाखौ बिदेशी पर्यटकहरु आउने गर्दछन | पर्यटकहरू यहाँको प्राकृतिक र जीवित प्राचीन सांस्कृतिक महत्वका सम्पदाहरू अवलोकन गरेर लठ्ठ पर्छन् । नेपालको प्राकृतिक र सांस्कृतिक मुल्य, विश्व सम्पदा सूचीमा परेका १० वटा धरोहरले पनि प्रष्ट पार्छन् […]

cate

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले दैनिक स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा निस्किएका छन् । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार पदयात्राको समय नमानिने डिसेम्बर र जनवरीमा पनि एक हजारभन्दा बढी विदेशी पर्यटक लमजुङ हुँदै आएको पाइएको छ । […]

cate

उद्योग वाणिज्य महासंघद्वारा पूर्व उपाध्यक्ष चिरन्जीवीको निधनप्रति श्रद्धाञ्जली

नेपाल उद्योग वाणिज्य महासंघले पूर्व उपाध्यक्ष चिरन्जीवी निधि तिवारीको असमायिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकाको सभापतित्वमा महासंघ आज बुधबार दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । पूर्व उपाध्यक्ष तिवारीको माघ १९ गते बुधबारका निधन भएको थियो । शोक प्रस्तावमा उहाँको निधनले […]

cate

यसकारण बिदेशी पर्यटकको पहिलो रोजाईमा पर्छ नेपाल

भावना पाठक – नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण एक विश्वको नमुना देश हो | यहाका हरेक कुरा विश्वले मन पराएको छ | धार्मिक र पर्यटन दुवै कोणबाट नेपाल विश्व सामु परिचित छ | सबैले नेपालको खुलेर प्रसंसा गर्दछन | ट्राभलसम्बन्धी अमेरिकी वेबसाइड रफगाइड्सले सन् २०१६ मा घुम्नैपर्ने १० देशको सूचीमा नेपाललाई पहिलो पर्यटकीय गन्तव्यको रुपमा राखेको […]

cate

अब पर्यटकलाई पनि आचारसंहिता

सार्क राष्ट्रमै नमुना मानिएको पर्यटक घलेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको हो । सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ । नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित व्यवस्थापन गर्छ । पर्यटकले स्थानीय उत्पादन बाहेक […]

cate

केकीद्वारा निर्देशित भिडियो सार्वजनिक (भिडियोसहित)

अभिनेत्री केकी अधिकारीले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘घामपानी’ को गीत सार्वजनिक भएको छ । कालीप्रसाद बास्कोटाको शब्द, संगीत तथा स्वर रहेको गीत एरेन्ज एल्मोडा राना उप्रेतीले गरेका हुन् । केकीले निर्देशन गरेको भिडियोमा दयाहाङ राई र केकी अधिकारीले अभिनय गरेका छन् । वैशाख १ गते रिलिज हुने चलचित्र दीपेन्द्र लामाले निर्देशन गरेका छन् भने […]

cate

सगरमाथाको शिखरतर्फ स्पेनी नागरिक

भारी हिमपात र मध्य चिसोका बीच सर्वाेच्च शिखर सगरमाथा चुमेर नयाँ रेकर्ड कायम गर्न भन्दै स्पेनियाली नागरिक त्यसतर्फ लागेका छन् । स्पेनका जोन एलेन्ज्ड चिकन अहिले सगरमाथाको क्याम्प–४ मा पुगिसकेका छन् । सेभेन समिट एक्पिडिसनमार्फत उनीसँगै गएका अर्का स्पेनिस नागरिक कार्लाेस भने क्याम्प–३ पुगेपछि बिरामी परेका कारण काठमाडौँ फर्किएका थिए । विन्टर अर्थात् चिसो मौसम […]

cate

मानिसको मलमूत्रले सगरमाथा क्षेत्रमा समस्या

सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटकको दिसापिसाब त्यस क्षेत्रको लागि समस्या बन्दै गएको छ । हिमाल आरोहणका याममा बर्षेनि तीन हजारभन्दा बढी पर्वतारोही तथा भरिया सगरमाथा आधार शिविर आवत–जावत गर्छन् । उनीहरुले आधार शिविर तथा त्यसभन्दा माथि गर्ने दिसापिसाब हिमाली क्षेत्रको सरसफाइका लागि ठूलो समस्या बनिरहेको छ । त्यहाँको फोहर व्यवस्थापन गरिरहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति […]

cate

प्याराग्लाइडिङको सम्भावना बोकेको बाहुनडाँडा ओझेलमा

हिमाल, पहाडसँगै कालीगण्डकी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । रमणीय हरियाली वातावरण रहेको बाहुनडाँडा क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना रहे पनि भौतिक पूर्वाधार विकास अभावमा ओझेलमा परेको छ । रामपुर नगरपालिका–१० को विकट र दुर्गममा रहेको यस क्षेत्रबाट कालीगण्डकी उपत्यकाको अवलोकन गर्दा कुनै विकसित सुन्दर […]

cate

म्याग्दीको घोडेपानी र पुनहिलमा पर्यटकको आकर्षण बढ्दो

म्याग्दीको घोडेपानी र पुनहिलमा पर्यटकको आवागमन र आकर्षण बढ्दै गएको छ । विदेशी पर्यटकका लागि राउण्ड अन्नपूर्णमा आउने मुख्य गन्तव्यस्थल मानिएको घोडेपानी र पुनहिलमा पर्यटकको भीड लागेको छ । माघमा महिना पर्यटकहरुका लागि बेसिजन भए पनि स्वदेशी तथा विदेशी पर्यटक पुग्ने क्रम रोकिएको छैन । पुन हिलबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १५ भन्दा बढी हिमशृङ्खलाको […]

cate

वसन्तपुर हुँदै कञ्चनजङ्घा हिमालसम्म पुग्ने पदमार्ग ठप्प

एकै स्थानमा धेरै प्रजातिका गुराँस फुल्ने भएकै कारण पूर्वको पर्यटनमा ख्याति कमाएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जथाभावी सडक निर्माण भएपछि यहाँको आकर्षण घटेको छ । तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्म पदमार्ग मासेर सडक निर्माण गरिएपछि पदमार्ग भएर आउने पर्यटकको रोजाइमा यो क्षेत्र पर्न छाडेको व्यवसायीको भनाइ छ । सुविधा भए पनि […]

cate

यी हुन् नेपालका उत्कृष्ट १० होटल

विश्वभरका होटल, रेस्टुरेन्ट र पर्यटकीय गन्तव्यबारे जानकारी दिने साइट ‘टि्रप एडभाइजर’ले नेपालका उत्कृष्ट १० होटल घोषणा गरेको छ। सन् २०१७ का लागि ‘ट्राभलर्स च्वाइस’ घोषणा गर्दा पोखरा, काठमाडौँ  र नगरकोटका होटल उत्कृष्ट १० भित्र परेका छन्। हालै सार्वजनिक गरिएको घोषणामा पोखराका २, काठमाडौंका ७ र नगरकोटको १ होटल उत्कृष्ट १० भित्र परेका छन्। होटलमा बसेका […]

cate

माघ २९ देखि सौराहामा फुड फेस्टिबल

माघ २९ गतेदेखि नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा ११औँ सौराहा फुड फेस्टिबल हुने भएको छ । सौराहामा आइतबार पत्रकार सम्मेलन गरी आयोजक क्षेत्रीय रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल क्षेत्रीय रेवानले महोत्सवबारे जानकारी गराएको हो । सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अबसर पारेर गरिने खाना महोत्सव फागुन ४ गतेसम्म चल्ने महोत्सवका संयोजक […]

ads
logo
ads