Monday 23, January 2017
नेपाली समय: 08:22:43
जापानी समय: 11:37:43

cate

कार्की मोरङ्गसुनसरी सेवा समाज कतारको अध्यक्षमा चयन

दिलिप पराजुली, दोहा –  मोरङ्गसुनसरी सेवा समाज कतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् ।गत २० जनवरी २०१७ का दिन कतारको दोहामा सम्पन्न संस्थाको वाह्रौ साधारण सभाले सुनसरीका योगेन्द्र वहादुर कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको छ । कार्की यस अघिको कार्यसमितिमा उपाध्यक्षको रुपमा कार्यरत थिए । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्रमश चिरञ्जिवी तिम्सीना, तेज […]

cate

गाउँको शिक्षा र विकासका लागि कतारमा संस्था गठन

पर्वतको आर्थर डाँडाखर्क गाउँ विकास समितिमा रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिनका लागि सहयोग गर्ने तथा गाउँको विकासमा सघाउने उद्देश्यले कतारमा संस्था गठन भएको छ ।  पर्वतको आर्थर डाँडाखर्क गाविसबाट रोजगारीका लागि कतारमा पुगेका युवाले आर्थर डाँडाखर्क सेवा समाज गठन गरेका हुन् । आर्थर गाविसमा रहेका पञ्चकोसी माविसहित अन्य विद्यालयमा अङ्ग्रेजी माध्यममा शिक्षा दिने अभियानमा […]

cate

पुलामीको स्मृतिमा अक्षयकोष स्थापना

कुमार “अविरल“पन्थी, कतार । रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका गुल्मी ठुलो लुम्पेक ४ निबासी स्वर्गीय दिलबहादुर पुलामी मगरको स्मृतिमा गुल्मी सेवा समाज कतारले अक्षयकोष स्थापना गरेको छ । समाजले स्वर्गीय पुलामीका छोराछोरीहरुको शिक्षाका लागि काष्ठमण्डप डेभलपमेन्ट बैंकमा छोरा कुशल पुलामीको नाममा खाता खोली ८३१३१ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको हो । गत शुक्रबार स्वर्गीय पुलामीकी […]

cate

१०२ बालबालिकालाई सुइटर सहयोग

दक्षिण कोरियाको एक कम्पनीमा कार्यरत नेपालीहरुले विपन्न परिवारका १०२ बालबालिकालाई सुइटर तथा स्टेसनरीको समान सहयोग गरेका छन् । कोरियाको थानजिनमा रहेको पोलिपिया कम्पनीमा कार्यरत ११ नेपालीहरु मिलेर उक्त सहयोग गरेका हुन् । उनिहरुले पर्वत जिल्लाको श्री समाज कल्याण आधारभुत विधालय माझफाट ६ गैराटोलमा पढ्ने १०२ दलित समुदायका विपन्न बालबालिकालाई सहयोग गरेका हुन् । आफ्नो खर्चमा […]

cate

मगरको स्मृतिमा गुल्मी सेवा समाज कतारद्वारा अक्षयकोष स्थापना

कुमार ,रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका गुल्मी ठुलो लुम्पेक ४ निबासी स्वर्गीय दिल बहादुर पुलामी मगरको स्मृतिमा गुल्मी सेवा समाज कतारले अक्षयकोष स्थापना गरेको छ । समाजले स्वर्गीय पुलामीका छोराछोरीहरुको शिक्षाका लागि काष्ठमण्डप डेभलपमेन्ट बैंकमा छोरा कुशल पुलामीको नाममा खाताखोली ८३१३१ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको हो । गत शुक्रबार स्वर्गीय पुलामीकी पत्नी हिरादेवी पुलामी, […]

cate

सिड्नीबाट धुर्मुस सुन्तलीलाई १७ लाख सहयोग रकम संकलन

सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई अष्ट्रेलियामा १७ लाख सहयोग रकम प्राप्त भएको छ । एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका उनीहरुले जनवरी २१ मा गज्जबको इभेन्ट्सद्धारा आयोजित कार्यक्रममा प्रस्तुति दिएका थिए । यो जोडिले सिड्नीमा भएको कार्यक्रममा १७ लाख ४२ हजार ६ सय २५ रुपैयाँ सहयोग रकम संकलन […]

cate

नेपाली युवा सूर्यवीरले स्वीजरल्याण्डमा ज्यान गुमाए

लक्ष्मण देबकोटा, जेनेभा – स्वीजरल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वसदस्य दुर्गा बहादुर तामाङका छोरा २५ वर्षीय सूर्यविर तामाङको मृत्यु भएको हो । बक्सिङ खेलाडी समेत रहेका तामाङलाई १७ जनवरीका दिन सामान्य छाति दुख्यो भनेपछि जेनेभास्थित स्थानीय अस्पताल लगेको भएपनि डाक्टरहरुले हृदयघातका कारण मृत्यु भएको घोषणा गरेका थिए । […]

cate

मलेसियामा भेटियो मृत्यु भएको दुई महिनापछि नेपालीको शव

झण्डै दुई महिनापछि मलेसियामा एक नेपालीको मृत्य शव भेटिएको छ । पेटालिङ जया शहरको कोटा दमनसालास्थित एक सुपरमार्केटको अण्डरग्राउण्डमा झुण्डिरहेको अवस्थामा डम्बरबहादुर थापाको शव भेटिएको हो । स्थानीय प्रहरीका अनुसार थापाको मृत्यु झण्डै दुई महिना अघि नै भएको थियो । तर, कसैलाई थाहा भएन । शनिबार दिउँसो सफाइका क्रममा एक व्यक्तिले लुगा लगाएको कंकाल भेटिएको […]

cate

कोरियामा एक नेपालीको मृत्यु

रोजगारीको लागि मुख्य गन्तब्य मानिने कोरियामा पुन एक नेपालीको मृत्यु भएको छ । स्याङ्जाको राङखोला घर भएका अन्दाजी ३९ वर्षका होमबहादुर गुरुङको औद्योगिक दुर्घटनामा परी ज्यान गएको हो । रोजगार अनुमति प्रणाली इपिएस मार्फत चार वर्ष अघि कोरिया आएका गुरुङ छुन्छङ बुक्दो ओछानस्थित प्लाष्टिकको रिसाइकल कम्पनीमा कार्यरत थिए । हिजो (बिहिबार) करिव बेलुका चार बजेतिर […]

cate

बेलायतबाट अग्निपीडितलाई आर्थिक सहयोग

तेह्रथुमको आठराइ सङ्क्रान्ति बजारमा गत पुस १ गते भएको भीषण आगलागीका पीडित परिवारलाई शुक्रबार इङनाम इवाहाङ बन्धु समिति तथा चेलीबेटी समाज बेलायतबाट सहयोग रकम उपलब्ध भएको छ । समाजका अध्यक्ष शेरबहादुर इङनामले ‘सङ्क्रान्ति बजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा रु दुई लाख ७४ हजार ५६७ उपलब्ध गराइएको जानकारी दिनुभयो । बेलायत निवासी प्रवासी इङनाम इवाहाङ बन्धुबाट […]

cate

एनआरएनए जाम्बिया द्वारा स्वागत कार्यक्रम को आयोजना

जाम्बिया , गैर आबासिय नेपाली संघ जाम्बियाले ,जाम्बियाको लुसाकामा दक्षिण अफ्रिका र जाम्बिया गरि सात अफ्रिकन राष्ट्रहरुका लागि नेपालका राजदुत अमृत बहादुर राईको सम्मानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै राजदुत राईले नेपाल बहिर बस्ने सबै नेपाली देशका वास्तविक दुत भएकाले ,सबै एनआरएनहरुले नेपालको आर्थिक र सामाजिक बिकासमा सलङन हुन अनुरोध गर्नु […]

cate

तामाङ समाज बेल्जियमले सोनाम ल्होछार ज्या ल्हो मनाउने

तामाङ समाज बेल्जियमले गत बर्षहरुमा जस्तै यस बर्ष पनि बेल्जियमको लुभेनमा यहि २८ जनवरिमा तामाङहरुको महान पर्व २८५३ औं सोनाम ल्होछार ज्या ल्हो ( चरा बर्ष ) धुमधामले मनाउने भएको छ । यसको लागी सम्पुर्ण तयारि पुरा भएको र सम्पुर्ण बेल्जिमय बासि नेपाली दाजु भाई दिदि बहिनिहरुलाई उपस्थितीको लागी समाजका अध्यक्ष राम तामाङले अनुरोध गर्नु […]

cate

कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई एक करोड

कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु ९८ लाख दश हजार २२० क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो । राईले काम गर्ने कम्पनीबाट जिल्ला प्रशासन कार्यालयमा आएको रकम मृतककी आमा सुभद्रालाई उपलब्ध गराइएको प्रजिअ चन्द्रबहादुर […]

cate

पानी अभियानको लागि रजौरे परिवारद्वारा एक लाख सहयोग

लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानको लागि दाङ हलवारका हाल क्यानाडा बस्ने सुरेश रजौरेले आफ्नो वैवाहिक वार्षिकोत्सबको सन्दर्भ पारेर नारा सफल हुनुपर्दछ, पानी अभियानको नारा मात्र सफल हुन सक्यो भने धेरै नेपालको गाउँहरुको विकास सम्भव छ भन्दै रु १ लाख सहयोग गर्ने क्यानाडाबाट एन बी टन्डनले बताएका छन् । पानी अभियानजस्तो पवित्र कार्यमा […]

cate

सुजतालाई झापा–हङकङ मञ्चको सहयोग

एप्लास्टिक एनेमिया रोगका कारण पीडित झापा पृथ्वीनगर गाविस–७ कि सुजता सुवेदीलाई करिब रु दुई लाख सहयोग प्राप्त भएको छ । काठमाडौँस्थित अल्का अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचाररत सुवेदीलाई झापा–हङकङ सम्पर्क मञ्चले नगद रु एक लाख ९२ हजार ३५ सहयोग गरेको हो । हङकङमा रहेका मञ्चका अध्यक्ष छत्र सुब्बाको पहलमा सङ्कलन भएको सो सहयोग रकम […]

ads
logo
ads