Thursday 30, March 2017
नेपाली समय: 06:23:17
जापानी समय: 09:38:17

cate

नेपाल र भारतका पाँच स्रष्टालाई नइ पुरस्कार

नइ प्रकाशनले नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका पाँच महानुभावलाई २०७३ सालका विभिन्न पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसार्इंको अध्यक्षतामा बसेको प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको हो । सोअनुसार रु दुई लाख राशिको ‘नइ देरुनिख’ अन्तर्राष्ट्रिय पुरस्कार भारतकी विन्द्या सुब्बालाई प्रदान गरिने छ । पाँच दशकअघिदेखि नेपाली वाङ्मयको श्रीवृद्धिका लागि […]

cate

‘बिक्न सक्छ’

विचार बिक्न सक्छ यहाँ व्यवहार बिक्न सक्छ भरिपूर्ण देखिने त्यो दरबार बिक्न सक्छ कमाउने कत्ति हो र दगुर्छौ हो कत्ति नाकै मुनि तिम्रो पनि घरबार बिक्न सक्छ लिलामिमा जानु अघि किन्न सक्नु पर्छ हैन भने प्रियाको त्यो प्यार बिक्न सक्छ जवानीमै स्वार्थी बनि कसि राख्नु थैलो बुढेसकालमा छोराको त्यो स्याहार बिक्न सक्छ थोर धेरको मुल्य […]

cate

आज विश्व कविता दिवस

आज (मंगलबार) नेपालमा पनि विश्व कविता दिवस मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य विभागले विशेष कवि गोष्ठी आयोजना गरी दिवस मनाउने प्राज्ञ अमर गिरीले जानकारी दिनुभयो । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । नेपालमा सन् २००२ देखि कविता दिवस मनाउन […]

cate

तसलिमा नसरीन काठमाडौंमा

बंगलादेशी लेखिका तसलिमा नसरीन नेपाल भ्रमणमा आएकी छिन् । निकै कटर लेखिका रुपमा रहकी नसरीनलाई इस्लाम र कुरानको निन्दा गरेको भन्दै   बंगलादेश सरकारले पासपोर्ट जफत गरेपछी उनले स्वीडिस राष्ट्रियता ग्रहण गरेकी छिन् । साउथ एसिअन उमन डेभलपमेन्ट फोरमको निमन्त्रणमा काठमाडौं आइपुगेकी हुन् । फोरमले काठमाडौंमा गर्न लागेको कार्यक्रमको उनी प्रमुख वक्ता हुन् । काठमाडौंको […]

ads

सम्झौता !

नेता ज्यूँ , तपाईको राजनीतिमा सन्धि सम्झौता हुन्छ, शान्ति सम्झौता हुन्छ, तेल देखि रेल र, नुन देखि सुन सम्म सम्झौतै सम्झौता हुन्छ। मानौ, सम्झौता नै राजनीति हो, र राजनीति नै सम्झौता हो। तर, नेता ज्यूँ, तपाईको राजनीतिमा जस्तै यि गरिब जीन्डागी  संग सम्झौता गर्न मिल्ने भए, म पनि हाँसेरै स्वागत गर्ने थिए नेपाल बन्दको, हड्ताल […]

cate

सम्बन्ध तोडेर गयौं

जोडिएको सम्बन्ध तोडेर गयौं पराइसग नाता जोडेर गयौ ।। सगै सगै थियो यात्रा घुम्तीहरुमा कुन मोडमा पाइला मोडेर गयौ । ओइलिएछ आज बेलि र चमेली झार सम्झेर , फुल गोडेर गयौ ।। कठोर थिएन यो मन उति सारो कठै ! पत्थरले दिल फोडेर गयौ । किशन पौडेल ,हेटौंडा

cate

नेपाल भाषाका जीवन्त अभिनेता रामशेखरको निधन

वरिष्ठ हास्य कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको आज बिहान निधन भएको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका नकर्मीको आज बिहान निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । भक्तपुर नगरपालिका–६, इनाचोकका स्थायी बासिन्दा नकर्मी गत वर्षको भूकम्पले पुख्र्यौली घर भत्किएपछि वृद्धाश्रममा बस्दै आइरहनुभएको थियो । अद्वितीय प्रतिभाका धनी रामशेखरले आफ्नो […]

cate

अन्तर्राष्ट्रिय काव्य महोत्सवमा नेपाली कवि

कारागुवामा भएको ‘तेर्हौ ग्रालाडा अन्तर्राष्ट्रिय काव्य महोत्सव’मा नेपालका वरिष्ठ कवि तुलसी दिवसले भाग लिई कविता वाचन र सांस्कृतिक सम्पदाबारे विचार प्रस्तुत गर्नुभएको छ । विश्वका छ महादेशका करिब १७० मुलुकका विशिष्ठ कविहरुको सहभागिता रहेको सो सम्मेलनमा निरन्तर कविता वाचन (म्याराथुन पोइट्री रिडिङ), सडक, विभिन्न शिक्षालयका कविता वाचन, विचार विमर्श, पुस्तक, लोक शिल्पकला र सांस्कृतिक प्रदर्शनीसमेत […]

cate

‘काठमाडौँ सेल्फी’ : विश्वस्तरको कृति भएको जिकिर

साहित्यकार प्रकाश सायमीको ‘काठमाडौँ सेल्फी’ नामक निबन्ध सङ्ग्रहमाथि आज छलफल गरिएको छलफलमा सङ्ग्रह विश्वस्तरको कृति भएको विचार व्यक्त गरेका छन् । स्थानीय काठमाडौँ उपत्यका सार्वजनिक पुरस्कालयद्वारा आयोजित ‘सिर्जना संवाद’ कार्यक्रममा करिब छ महिनाअघि ‘गोरखा भूकम्प’पछि प्रकाशित सो निबन्धसङ्ग्रहमाथि टिप्पणी गर्दै चलचित्रकर्मी चेतन कार्कीले कृति विश्वकै सेल्फी नै हो भन्नुभयो । गीतकार सुवासचन्द्र ढुङ्गेलले विश्वस्तरबाट हेर्दा […]

cate

उपहार प्रेम दिवसको…

– वसन्त चौधरी आज ! तिम्रो दिन मेरो दिन अनि प्रेमको गुलाबी उत्सवमा रमाउने प्रेमीहरूको गुलाबी दिन ! दिँदैछु तिमीलाई उपहार कल्पनाका सफा पन्नामा कलात्मक चित्र भर्दै भावनालाई शब्दमाथि बिछाएर प्रीतमाथि सजाएर स्वीकार ! मेरो हृदयको बगैंचामा फक्रेको सुन्दर गुलाब तिमीलाई मैले बनाएको कल्पनाको भव्य सहर चौधरीको फेसबुकबाट

cate

मैनालीको ‘नलेखिएको इतिहास’ सार्वजनिक

वामपन्थी नेता राधाकृष्ण मैनालीको पाँच दशक लामो राजनीतिक जीवनको अनुभवमा आधारित ‘नलेखिएको इतिहास’ पुस्तक आज सार्वजनिक भयो । विभिन्न राजनीतिक आरोह अवरोहसहित हाल नेकपा एमाले मा रहनुभएका नेता मैनालीले झापा विद्रोहदेखि अहिलेसम्मका आफूसँग जोडिएका राजनीतिक घटनाक्रम समेट्नुभएको छ । पुस्तकमा जेलमा जीवनका भोगाइ, राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालको सरकारमा मन्त्री हुन पुग्दा महसुस भएको गल्ती, […]

cate

जस्तो साइनो लाउने मन छ तेस्तै लगाउ तिम्रो खुशी

जस्तो साइनो लाउने मन छ तेस्तै लगाउ तिम्रो खुशी पिउने आखिर म छदैछु जे जे मगाउ तिम्रो खुशी। आउदा आउदै अबेर भयो साझ पर्यो म के गरुं? अधेरोमै राख या त सन्ध्या जगाउ तिम्रो खुशी। टाढा थियें हिजो अस्ति आज छेउमै बसेको छु स्वागतार्थ बिगुल बजाउ ध्वजा टंगाउ तिम्रो खुशी । नजिक आइ सताउ प्रकट […]

cate

गजल

– भुवन रोका “मीत्रजी” खोला, नदी, झरना ती ताल चाहिन्छ तराई, पहाड मलाई हिमाल चाहिन्छ मन्दिर संगै मस्जिद चर्च अनि स्तुपा मलाई त मेरो देश बिशाल चाहिन्छ भत्काएर भेदभाव कुरुप समाजको सिमानाको वरीपरी परखाल चाहिन्छ प्रकृतिको काखमा एकताको साईनो डाँफे नाच्ने बनमा’नी मुनाल चाहिन्छ भाषा-भेष अनेक कला र संस्कृति सुन्दर, शान्त, संमृद्द नेपाल चाहिन्छ खोटाङ, […]

cate

कथा: नेपाली टोपी

इन्जिनियर राकेश कार्की लस एन्जेलस “आज नेपाली टोपी दिवस, तैले नेपाली टोपी लगाइस त ?” एका विहानै विपीनले सेलफोन ठोक्यो। “ए हो”मोहनले धुइ धुइति नेपाली टोपी खोज्न थाल्यो। एक वर्ष अगाडि उसले टोपी लगाए पछि त्यही घर्रामा राखेको थियो। आज भेट्दै भेटेन। दराजमा पनि सबै लुगा पन्छाएर हेर्यो। कतै छैन।“हनि, तिमीले मेरो टोपी देखिनौ ?“ […]

cate

बजारमा सुष्माको ‘सिमल’

सुष्मा खड्काद्वारा लिखित उपन्यास ‘सिमल’को लोकार्पण भएको छ । शनिबार काठमाण्डौंकोे सर्वनाम थिएटरमा हास्यकलाकार हरिवंश आचार्यले पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले सानै उमेरमा उपन्यास सिर्जना गर्नु निकै चुनौतीपूर्ण भएको बताए । २१ वर्षकै उमेरमा उपन्यास बजारमा ल्याउनु गहकीलो कार्य भएको उनले बताए । प्रेम नपाउँदा धेरै महत्व हुने […]

ads
logo
ads
logo
ads
logo
logo