Monday 29, May 2017
नेपाली समय: 01:16:38
जापानी समय: 04:31:38

cate

निर्वाचन विशेष सम्पादकीय : डेढ दशकदेखिको प्रतिक्षा साकार हुँदै

आज अर्थात् २०७२ वैशाख ३१ गते– मुलुकका तीन प्रदेशका ३४ जिल्लाका लागि विशेष दिन । २० वर्षको अन्तरमा मुलुकमा हुन लागेको स्थानीय तहको निर्वाचन सुरु भएको दिन । लामो रस्साकस्सी, अन्योल र अनिश्चयलाई चिर्दै अन्ततः मुलुकमा स्थानीय तहले जनप्रतिनिधि पाउँदैछ र आम मतदाता यसलाई एउटा उत्सवकै रुपमा लिएका छन् । काठमाडौं लगायत शहरी क्षेत्रमा पेशा–व्यवसाय […]

cate

मुलुक नयाँ वर्षसंगै नयाँ चरणमा प्रवेश गरोस्

नयाँ वर्ष २०७४ सुरु भएको छ । केही कष्टकर, केही आशा र केही आशंकाको बादलकाबीच बितेको २०७३ सालको सबभन्दा ठूलो उपलब्धी भनेको स्थानीय तहको निर्वाचन घोषणा हो । यही निर्वाचनको उमंगसंगै नयाँ वर्षको शुभ विहानीले सबै नेपालीको मुहारमा खुसीको संचार गराओस् । ३ सय ६५ दिनको एउटा समयचक्र पूरा गरेपछि नयाँ सम्वत्सर फेरिन्छ र नयाँ […]

cate

रिबन काटेर–पानसमा बत्ती बालेर मुलुक बन्छ ?

नेपालमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेतादेखि उच्च सरकारी अधिकारीहरुको मुख्य भूमिका कार्यक्रम, गोष्ठी र सभाहरुमा पानसमा बत्ती बाल्ने, रिबन काट्ने र भाषण गर्नमै बढी केन्द्रित हुने गरेको छ । कुनै पनि नेताले आफू कार्यक्रमको उद्घाटनमा नआउने भन्नै सक्दैनन् । यो सब नेताले काम नपाएर हो । नेता मात्रै हैन प्रधानमन्त्रीको काम पनि […]

cate

सीमा काटेको आत्मनिर्णयको अधिकार

सम्पादकीय नेपालको राष्ट्रिय निर्णयको अधिकार यतिबेला सीमाा काटेको छ । छिमेकी भारतदेखि पश्चिमा मुलुकहरुको निर्देशन र कथित सुझाव मान्दामान्दै राष्ट्रिय अखण्डता नै छिन्नभिन्न हुने खतरा पैदाा भएको छ । छुनै नहुने विषयहरुमा राजनीतिक घुसाएर मुलुकको एकता टुटाउने प्रयास नियोजित रुपमा भैरहेको छ र यसैलाई अधिकारको जामा पहिराइएको छ । हुन त भूमण्डलीकरणले घेरिएको वर्तमान विश्व […]

cate

संविधान असफल भयो भने के गर्ने ?

नेताहरुको मनमा जे उब्जियो, उनीहरुको मस्तिष्कमा जसले जे घुसाइदियो त्यही राष्ट्रिय एजेण्डा हुने हो भने देशको सार्वभौमिक अस्तित्व र स्वतन्त्र पहिचानको के अर्थ ? बनाउँछु भन्दै भत्काउन उद्यत भैरहेको अहिलेका गतिविधिले देखाउँछ । संविधान संशोधन, स्थानीय निकायको निर्वाचन अनि लोकमान सिंह कार्कीमाथिको महाभियोग प्रस्तावमा सिंगो राजनीति रुल्मुलिएको छ । गर्नुपर्ने काम केही गरिएको छैन । […]

cate

सहमति मात्रै खोज्ने हो भने संविधान र संसदको के काम ?

२०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरिसक्नुपर्ने छ । यसअघि संविधानमा देखिएको असन्तुष्टि सम्बोधन गर्नुपर्नेछ । यसका अतिरिक्त प्रदेशहरुको सिमांकन, स्थानीय तहको निर्धारण गरिसक्नुपर्नेछ । यी काम सकेर स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गराइसक्नुपर्ने छ । तर, यस दिशातिर ठोस प्रयास हुन सकेको छैन । यसको एउटै कारण भनेको सहमतिको रटान हो […]

cate

बडा दशैंको शुभकामना– सबैले सुख र शान्ति पाउन्

नेपालीहरूको ठूलो चाड बडादशैं घरघरमा भित्रिसकेको छ । काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुबाट आआफ्नो घर फर्कनेहरुको ताँती छ । शहरबजारमा किनमेल गर्नेको भीड छ । हुने–नहुने सबैले आआफ्नो क्षमता अनुसार मन खोलेर खर्च गरिरहेका छन् । दशैं नै यस्तो पर्व हो जसले सबैको मुहारमा खुसी ल्याउँछ, शान्ति र समृद्धि अनि सुख प्राप्तिको आशा जगाउँछ […]

cate

दिल्लीले खोलिदिएको गाँठो फेरि कस्सिन सक्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएको डेढ महिनाभित्रै भारतको राजकीय भ्रमणमा निस्कनुभयो । भारतको राजकीय सम्मान पाउने नेपालका थोरै प्रधानमन्त्रीमा उहाँ पर्नुभएको छ । अघिल्लोपटक केपी ओलीलाई पनि भारतले राजकीय सम्मान दिएको थियो । नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन रहेको प्रचार गर्दै सम्बन्ध सुधार्न आफ्नो भ्रमण केन्द्रित हुने बताउनुभएका प्रधानमन्त्री दाहालले भारतसंगको सम्बन्ध सुमधर पार्न कस्तो […]

cate

चुनौतिका पहाडबीच नयाँ सरकार : जनअपेक्षा कति पूरा होला ?

१० वर्षे जनयुद्धको नेतृत्व गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता बन्न सफल हुनुभो । दाहाल यस्तो समयमा प्रधानमन्त्री बन्नुभएको छ जतिबेला नेपालको सत्ता राजनीतिमा बाह्य शक्तिको चलखेल भरपूर छ । अझ उहाँ नेतृत्वको सरकार समेत बाहिरी शक्तिकै इशारामा भएको आरोप लागेको छ । यो आरोप चिरेर राजनीतिक क्रान्तिको […]

cate

राष्ट्रिय सहमतिको नाममा अस्थिरताको नयाँ चक्र

अन्ततः सरकार संसदबाटै अल्पमतमा पर्यो । आर्थिक बिधेयकका आश्रित तीनवटा प्रस्ताव असफल भएपछि अब सरकारबिरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि छलफल सुरु भएको छ । विनियोजन बिधेक पारित भए पनि आश्रित विधेयक असफल भएपछि संसदीय इतिहासमै नयाँ खेल पनि देखिएको छ । यो सब सत्ता स्वार्थको खेलको उपज हो । अब मुलुक नयाँ सरकार गठनमा लाग्नेछ […]

cate

व्यवस्था लोकतान्त्रिक– व्यवहारमा लोकमतको तिरस्कार

राजनीति देश र जनताका लागि हो । समाजसेवाको भावनाबाट उत्प्रेरित हुनेहरु नै राजनीतिमा लाग्नुपर्छ भनिए पनि नेपालमा राजनीति पेशा–व्यवसाय बनेको छ । प्रजातन्त्र (लोकतन्त्र)मा राजनीतिक दल र नेताको ठूलो भूमिका हुन्छ । उनीहरुले समाज रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ र गर्छन् भन्ने मान्यता हुन्छ, जनताले सोही आशा गरेका हुन्छन् । त्यसैले लोकतन्त्रमा लोकको मतलाई कदर […]

cate

व्यक्तिको स्वार्थ कहिल्यै राष्ट्रिय स्वार्थ हुँदैन…

नेपालको विडम्बना नै हो । जननिर्वाचित कुनै पनि सरकारले पूरा अवधि शासन गर्न पाएको छैन । एउटै पार्टीको बहुमतको सरकार त टिक्न नसक्ने मुलुकमा धेरै पार्टी मिलेर बनेको सरकार लामो समय टिक्ला भनेर पत्याउने आधार हुने कुरै भएन । पार्टीकोभन्दा व्यक्तिको स्वार्थ हावी भैरहेका कारण एउटा सरकारको आयु सालाखाला एक वर्षको हुने गरेको छ । […]

cate

स्थानीय चुनाव : लोकतन्त्रको लोकसम्मत अभ्यास- किन डराउने

२०५४ साल यतादेखि स्थानीय निकायको चुनाव भएको छैन । तत्कालीन अवस्थामा माओवादी द्वन्द्वलाई कारण देखाएर चुनाव नगरिए पनि दोस्रो जनआन्दोलनपछि चुनावको वातावरण बनेको थियो । तर, भएन । अहिले सरकारले नीति तथा कार्यक्रममार्फत आउँदो मंसिरमा स्थानीय निकायको चुनाव गर्ने घोषणा गरेको छ । तर प्रमुख प्रतिपक्षी दल र मधेशवादी दलहरुले यसको बिरोध गरिरहेका छन् । […]

cate

एनआरएनएहरुको मातृभूमिको माया

सन्दीप भट्टराई गत वर्षको वैशाख १२ र २९ गतेको विनाशकारी महाभूकम्पको त्रास अहिले पनि नेपाली मनमा कायम छ । भूकम्पमा परी ९ हजार भन्दा बढी नेपालीले ज्यान गुमाएका थिए भने हजारौं घाइते भएका थिए । ६ लाख घरपरिवार घरबार विहीन भए । नेपालको यो प्राकतिक विपत्तिपछि विश्वबाटै सहयोगको ओइरो लाग्यो । नेपालमा भूकम्प गएपछि विभिन्न […]

cate

देश अगाडि बढाउने कुरा धेरै भए, काम भएन

नेपालको राजनीतिमा सबैभन्दा बढी टिक्ने र बिक्ने भनेको भाषण हो । आकाश घन्काउने भाषण गर्न सिपालु नेताहरुको कुनै कमी छैन । तर त्यस्तो भाषणकला भएकाहरुमा कामगर्ने क्षमता भने पटक्कै छैन । अहिलेसम्मका सरकारहरुले देश र जनताको पक्षमा काम गरेर वाहवाही पाएको कमै मात्र उदाहरण छ । अझ कतिपय सरकारका पालामा देशघाती काम समेत भएका छन् […]

ads
logo
ads
logo
ads
logo
logo