Tuesday 21, February 2017
नेपाली समय: 06:26:07
जापानी समय: 09:41:07

cate

पाटनको कृष्ण मन्दिर

भूकम्पले प्रभावित यस मन्दिर र वरपराका मठमन्दिरहरुको पुन :निर्माण कार्य अझै पनि द्रुत गतिमा हुन सकेको छैन । तस्विर सुरन्जन कोइराला

cate

आयो शिवरात्रि

हिन्दुहरुको प्रमुख चाड महाशिवरात्रि नजिकिदै गर्दा देशका विभिन्न स्थानबाट र भारतबाट साधु सन्तहरु पशुपति क्षेत्रमा भित्रिने क्रम जारी  छ । तस्विर -सुरन्जन कोइराला

cate

राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौँको सैनिक मञ्चमा शनिबार आयोजित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोहमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्यायाधीश सुशीला कार्कीलगायत । तस्बिर- रोशन सापकोटा, रासस

cate

बुङ्गमतिबाट देखिएको सूर्यास्तको दृश्य

राजधानीको दक्षिण भेगमा पर्ने ललितपुरको बुङ्गमतिबाट देखिएको सूर्यास्तको दृश्य । परम्परागत नेवारी बस्ती रहेको बुङ्गमति हस्ताकलाको लागि प्रसिद्ध छ । तस्वीर सुरञ्जन कोइराला

cate

पुस्तक पढौं ज्ञानी बनौं

राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारबाट सुरु भएको तेस्रो राष्ट्रिय पुस्तक मेलामा आफूले खोजेको पुस्तक छान्दै गीतकार रत्नशमशेर थापा । तस्बिर सुरञ्जन कोइराला, नेपालजापान डटकम

cate

कहिले सुधार हुने ?

राजधानी लगायत देशका विभिन्न स्थानमा व्यवस्थित पशुबधशालाको अभावमामा अधिकांश मासु पसलहरु मानव स्वास्थ्यलाई हानी गर्ने कारण बनेका छन् । जनस्वास्थमाथिको यस्तो खेलवाड तत्काल रोक्नुपर्ने आवश्यकता छ । तस्वीर सुरञ्जन कोइराला

cate

पापी पेटको सवाल

बाँचुञ्जेल खानैपर्यो । बाँच्नका लागि पनि खानै पर्यो । यसैको मेसो गर्दै काठमाडौं असनको व्यस्त सडक छेउमा मरमसला बेच्दै एक वृद्धा । तस्वीर सुरञ्जन कोइराला, नेपाल जापान डटकम

cate

थारु पोसाकमा-पर्यटक

  चितवनको सौराहामा सोमबार खाना महोत्सवमा थारु पोसाकमा सजिएका पर्यटक । तस्बिरः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस

cate

जनयुद्ध दिवस–मार्चपास

योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल कास्कीद्वारा २२औं जनयुद्ध दिवसका अवसरमा पोखरामा गरिएको मार्चपासमा सहभागी हुँदै वाइसिएल नेता तथा कार्यकर्ता । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस

cate

सुन्तला भण्डारण

म्याग्दीको घार–८ बिरौटाका कृषकले बेमौसममा बिक्री गर्नका लागि सेलार स्टोरमा भण्डारण गरेको सुन्तला । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस

cate

सूर्योदयमा पूजाको तयारी

माधवनारायण मेलाको अन्तिम दिन शुक्रबार भक्तपुरको हनुमानघाटमा सूर्योदयदेखि पूजाको तयारी गर्दै भक्तजन । तस्बिर ः रोशन सापकोटा, रासस

cate

बौद्धनाथ स्तूपा

पुनःनिर्माण गरिएको काठमाडौँको बौद्धनाथ स्तूपाको हवाई दृश्य । तस्बिर ः प्रदीपराज वन्त, रासस

cate

विद्यालय भवन नहुँदा…

वैशाख १२ को भूकम्पले भवन क्षतिग्रस्त भएपछि सिन्धुपाल्चोको शिखरपुर–४ बगुवास्थित श्री हीरादेवी निम्नमाध्यामिक विद्यालयका कक्षा २ का विद्यार्थी खुला आकाशमुनि पठनपाठन गर्दै । तस्बिर- रोशन सापकोटा, रासस

cate

सुन्तलाको थुप्रो

कास्की, स्याङ्जा, तनहुँ, पर्वत, वागलुङ र म्याग्दीबाट ल्याई पोखराको शान्तिवनस्थित कृषि उपज थोक बजारमा बिक्रीका लागि थुपारिएको सुन्तला । तस्बिर ः निमदत्त सुवेदी, पोखरा, रासस

cate

साली नदी

भक्तजनहरुको भीडः काठमाडौंको उत्तर पूर्वमा रहेको साली नदीमा स्वस्थानी ब्रत सुरु भएदेखि उपत्यका र बाहिरबाट स्नान गर्न आउनेहरुको एक महिना सम्म घुईँचो लाग्ने गर्छ ।  फोटो नेपाल जापान डट कम

ads
logo
ads