Thursday 30, March 2017
नेपाली समय: 06:17:24
जापानी समय: 09:32:24

cate

प्रधानमन्त्री र भारतीय सेना प्रमुखबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय सेना प्रमुख विपीन रावतबीच भेट भएको छ । आज विहीबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भारतीय सेना र नेपाली सेनाबीचको सहकार्यप्रति खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया र सेना समायोजन प्रक्रिया मौलिक रहेको बताउँदै आफू विद्रोही सेनाको प्रमुख कमाण्डरवाट शान्ति प्रक्रियामा आएर दुई पटकसम्म प्रधानमन्त्री भएको उदाहरण संसारमै […]

cate

झापामा म्यादी प्रहरीमा आवेदन दिनेको संख्या पाँच हजार

जिल्ला प्रहरी कार्यालय, झापामा म्यादी प्रहरीमा भर्ना हुन पाँच हजार २०१ जनाले आवेदन भरेका छन् । सरकारले आगामी वैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बुधबारसम्ममा पाँच हजार २०१ जनाले भर्ना आवेदन दिएका हुन् । जिल्लामा तोकिएको २८३ वटा मतदान केन्द्रमा करिब एक हजार म्यादी प्रहरीको आवश्यकता […]

cate

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य सवार जीप दुर्घटना

काठमाडौंको रामशाह पथस्थित सर्वोच्च अदालत अगाडि वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य सवार गाडी दुर्घटना भएको छ । आज दिउँसो उहाँ चढेको गाडीलाई बसले ठक्कर दिएर दुर्घटना भएको हो । तर, आचार्य भने सकुशल छन् । पैदल यात्रुले बाटो काटेपछि आचार्यले गाडी रोकेका थिए । त्यही बेला तीव्र गतिमा आएको बसले उनी सवार गाडीलाई पछाडिबाट टक्कर […]

cate

गोर्खा समस्या समाधानका लागि नेपाल, बेलायत र गोर्खाबीच वार्ता

लामो समयदेखि संघर्षरत बेलायती सेनाका भूपू गोर्खा समस्या समाधानका लागि नेपाल सरकार, बेलायत सरकार र भूपू गोर्खा प्रतिनिधिबीच त्रिपक्षीय वार्ता भएको छ । बुधबार बेलायती रक्षा मन्त्रालयमा भएको करिब डेढ घण्टा लामो उक्त वार्तामा एक साताभित्र बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित एक प्राविधिक कमिटी गठन गर्ने सहमति भएको छ । वार्तामा […]

cate

खुल्ला ठाउँमा दिसा गरेको आरोपमा सत्रजना पक्राउ

खुल्ला दिसामुक्त अभियान चलिरहेको बेला १७ जना बाटो हगुवालाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ । तिनीहरु खुल्ला ठाउँमा शौच गरिरहेका थिए । वड़ा प्रहरी कार्यालय मुजेलिया जनकपुरका इन्चार्ज टीका बरालको नेतृत्वमा गएको टोलीले सिनुरजोडाबाट १२ जना र मुजेलियाबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

cate

वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाएनन्

सामाजिक सुरक्षा भत्ताबापतको रकम छ महिना बित्दासम्म पनि गुल्मीका वृद्धवृद्धाले अझै पाउन सकेका छैनन् । सरकारले दिँदै आएको भत्ता रकम समयमा नपाएका कारण यहाँका वृद्धवृद्धाले गाउँपालिका र नगरपालिकाका वडा सचिवसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन् । सरकारले स्थानीय तहको पुनःसंरचना गरेको तीन साता बितिसक्दा पनि जिल्ला समन्वय समितिले गाउँपालिका र […]

cate

इम्जा र दूधकोसी किनाराका बासिन्दाको एक दशक देखिको डर हट्यो

बितेको एक दशक सोलुखुम्बुको इम्जा र दूधकोसी नदी किनाराका मानिस त्रास नै त्रासमा बाँच्न बाध्य भए । इम्जा र दूधकोसीमा पानीको सतह अलिकति बढ्यो कि इम्जा हिमताल फुट्यो भन्ने आशङ्का गर्दै ती नदी किनाराका बासिन्दा डाँडातर्फ भागिहाल्थे । इम्जा हिमताल विश्वकै खतरा सूचीमा रहेको भन्दै यति धेरै प्रचार गरियो कि हरेक रात नदी किनाराका मानिस […]

cate

आगोले जलेकी स्मिताको उपचारमा समस्या

घरकै चुल्होमा सल्किएको आगोमा परेर गम्भीर घाइते भएकी फलेवास पर्वतकी एक बालिकाको उपचारमा आर्थिक समस्या परेको छ । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ बाजुङकी ६ वर्षीया स्मिता नेपालीको उपचारमा समस्या भएको हो । गत पुस महिनामा चुल्होमा सल्किएको आगोले लगाएका लुगा जल्दा गम्भीर घाइते भएकी बालिकाको अहिले राजधानीको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । विपन्न […]

cate

बसको ठक्करबाट सेनाका दुई जवान घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीनजिक बुधबार साँझ बसले ठक्कर दिँदा दुईजना मोटरसाइकलमा सवार नेपाली सेनाका जवान गम्भीर घाइते भएका छन् । महेन्द्रनगरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ना ६ ख ९४४० नंको बसले विपरीत दिशाबाट आउँदै गरेको नेपाली सेनाका जवान चढेको भे २ प ५०२७ नंको मोटरसाइकललाई निकुञ्जको अर्जुनी ब्यारेकनजिक ठक्कर दिँदा मोटरसाइकलमा सवार […]

cate

बुद्धकृष्णद्वारा जिब्रो छेड्ने घोषणा

मध्यपुरथिमिको बोडेमा परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष मध्यपुरथिमि–८ बोडेका ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने घोषणा गर्नुभएको छ । बुधबार कोरिया–नेपाल मैत्री अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा सोही अस्पतालका एम्बुलेन्स चालकसमेत रहेका श्रेष्ठले आफ्नो ठाउँको परम्परा लोप हुनबाट जोगाउन आफू जिब्रो छेड्न तयार रहेको बताउनुभयो । विगत आठ वर्षदेखि जिब्रो छेड्दै […]

cate

ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु

चितवनको भरतपुर ओरालोमा बुधबार साँझ ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना५त ४२२३ नंको ट्याक्टरले बाटो काट्दै गरेका तीनजना महिलालाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी पश्चिम चितवनको गुञ्जानगरकी ६५ वर्षीया निर्माया श्रेष्ठ र चितवन पदमपुरकी ४० वर्षीय ललिता श्रेष्ठको मृत्यु भएको […]

cate

करेन्ट लागेर दुई बालिका गम्भीर घाइते

महोत्तरी जिल्लाको मटिहानी गाउँपालिका–३ धीरापुर गाउँमा आज करेन्ट लागेर दुई बालिका गम्भीर रुपमा घाइते भएका छन् । घाइते हुनेमा धीरापुर बस्ने मदन रायकी १२ वर्षीया छोरी मुस्कान राय र भुवनेश्वर रायकी छोरी १४ वर्षीया निशा राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुवै बालिका घर नजिकै रहेको बिग्ही नदीको पुलमाथि घुम्न जाँदा पुलमै […]

cate

केटी साथीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गर्ने पक्राउ

केटी साथीको अश्लिल फोटो र भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिआइबीले बैतडी देहमाण्डी ६ का २३ वर्षीय राजबहादुर बोहरालाई पक्राउ गरेको हो । उनले केटी साथीको अश्लिल फोटो र भिडियो बनाएर ब्ल्याकमेलिङ गर्ने गरेको सिआइबीकी एसपी मिरा चौधरीले जानकारी दिइन । ब्ल्याकमेलिङ उनलाई केटी साथीले रकम र गरगहना लिएको […]

cate

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दज्र्यानी प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतका स्थल सेनाध्यक्ष विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । नेपाल र भारतबीच एकअर्को मुलुकका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रहिआएको […]

cate

८-१० वर्ष भित्र सबैको पहुँचमा स्वास्थ्य सेवाः मन्त्री थापा

स्वास्थ्य मन्त्री गगन थापाले ८/१० वर्ष भित्र सबै नेपालीको पहुँचमा स्वास्थ्य सेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । मन्त्री थापाले सबैलाई १० वर्ष भित्र स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने गरी सरकारले काम गरिरहेको पनि स्पष्ट पारे । उनले स्वास्थ्य मन्त्रालयले अहिले सबै नागरिकलाई सकेसम्म निःशुल्क औषधि र उपचारको व्यवस्था गर्न प्रयास गरिरहेको उल्लेख गरे । बुधबार […]

ads
logo
ads
logo
ads
logo
logo