चौध बर्ष पछिको दशैं – भाग ३

3 November, 2017 13:22 | जापान , बिचार | comments | 146250 Views

बैंककमा अकस्मात भेटिएको साथी , पहिला देखिनै मेरो फेसबुकमा साथी हुनुहुदो रहेछ , कुरा गर्दै जादा बल्ल थाहा भयो । जापानी भाषामा सेकाईबा सेमाई भन्ने बाक्य छ , जसको अर्थ हो , यो संसार कति सानो भन्ने । यो बाक्यले भनेको जस्तै संसार सानो छ पनि जस्तो लाग्यो।

त्यही भएर बैककमा उहाको परिबार संग भेट गर्ने मौका पाइयो । एकदम मिजासिलो हुनुहुदो रहेछ , कुरा गर्न पनि मज्जा आयो । दुबै जनाले जापानमा एउटै क़िसिमको दुख गरेर अहिलेको स्थान सम्म आई पुगेको भएर पनि होला , कुरा गर्दा रमाईलो लागिरहेको थियो ।
अनि बैकक बिमानस्थलमा पनि नेपालीहरु प्रसस्त हुनुहुन्थ्यो । जापान बाहेक बैकक हुदै नेपाल जाने यात्रुहरु पनि धेरै हुनुभएको भएर होला बिन्दा पनि सबैजना संग कुराकानी गरि रमाईरहेकी थिईन । अनि यो वाईफ़ाई भएकाले समय गएको थाहा पनि नहुने रहेछ भन्या ।

केही बेरमा नेपाल जाने जहाज पनि आयो अनि हामीहरु बोर्डिंगका लागी गेट तिर गयौ । मन मनै अब त ४-५ घन्टामा नेपाल पुगिन्छ , त्यस पछि के गर्ने होला , सिधै पोखरा जाने की काठमाडौमा केही दिन बसेर जाने होला भनी सोचीरहेका थियौ । बिन्दाले त्यस्तो कुरा नेपालमा पुगे पछि सोचौला भनेपछि मैले सोच्न छोडी र जहाज भित्र फिल्म हेर्ने निर्णय गरे । पाईरेट्स अब क्याराभिएन को नया भाग हेरौ भनेको , बिचबाट निद लागेर आयो । अनि केही बेर सुति हालेछु पत्तै पाईएन ।

करिब १३ बजे तिर काठमाडौ बिमानस्थल अबतरण गर्ने भनेतापनि , त्यो दिन मौसमले गर्दा अबतरण अलिकति ढिलो हुनगयो । बिमान अबतरण गर्ने बित्तिकै हतार-हतार हामी दुबै जना अध्यागमन तिर लागियो । यस पाली चाही अलि कति सुधार भएको रहेछ हाम्रो अन्तराष्ट्रिय विमानस्थल । पहिला पहिला भएको भए त सबै पैसा खान खोज्ने भन्या । यो सिधा कुरा जनता संग भन्ने कार्यकर्म र स्मार्ट फ़ोनको आगमनले गर्दा , कतिखेर कसले के खिंचेको छ थाहा हुदैन । त्यही भएर सबै कर्मचारीहरु आफ्नो जागिर जोगाऊनको लागि भएपनि ईमान्दार भएका हुन की जस्तो पनि लाग्यो । तर लगेज लिने ठाउको हालत उस्तै रहेछ । अस्त ब्यस्त छ । हुनत सबैजना लाइ हतार छ , मै खाऊ मै लाऊ भन्ने भाबना भएपछि , कर्मचारीको मात्र गल्ती भएन ।

करिब १ घन्टा जति लगाएर बल्ल बल्ल आफ्नो लगेज भेट्याईयो, असाध्यै थाकियो पनि । हाम्रो बिमानस्थल छिर्न पाएको छैन , यस्तो हुन्छ , अनि फेरी फ़ेरी नेपाल जान – आउन कसलाई मन लाग्ला र । पर्यटन बिकास गर्ने त भन्छन , सबै भन्दा पहिला यो बिमानस्थलको ब्यबस्थापन गर्दा नै राम्रो हुने जस्तो पनि देखे।

अनि जापान बाट एउटा साथीको कागज पत्र लिएर आएको अनि बुवालाई बुझाउन पर्ने भएका , छेउको दिदिको फोन नम्बर मागी फोन गरि , बोलाए अनि केहि भएमा उहाँहरु पनि आउनुभयो अनि मैले पनि त्यो कागज पत्र बुझाए । मैले पनि जापान भएको भए चिन्दै नचिनेको , छेउको दिदिलाइ फोन माग्न सक्दिन थिए होला अनि त्यो दिदिले पनि दिनुहुन्थेन होला । हाम्रो देशमा पनि अझै पनि सहयोगी मनहरु धेरै हुनुहुदो रहेछ एकदमै खुशी लाग्यो ।

त्यस पछि हामी दुबै , लगेज बोकी आन्तरिक बिमानस्थल तिर लागियो । अन्तराष्ट्रीय बिमानस्थल र आन्तरिक बिमानस्थल भबन नजिकै भए पनि भित्रबाट जोडिएको थिएन । त्यसै कारणले आन्तरिक बिमानस्थल जान पनि एक पटक बाहिर निस्केर जानु पर्ने ,बाटो, खाल्डा खुल्डीले गर्दा साह्रै दुख पाईयो ।

अनि , ३:१० तिरको काठमाडौ पोखराको टिकट काटन त काटियो । मौसमले गर्दा ढिला भएछ । समयमा पोखरा जान पनि पाईएन । अनि एक पटक साह्रै च्यापेर आन्तरिक बिमानस्थल भित्रको शौचालय गएको , तुरुन्तै बिरामी हुन्छु कि जस्तो भयो । असाध्यै फोहोर , सफा नै नगर्ने जस्तो ,गन्ध पनि त्यस्तै । अनि बिमानस्थलको बिश्रामस्थम पनि औधी सानो , मान्छेहरु मात्र घेरै, अनि भुई सफा गर्ने मान्छे पनि मान्छे नभएको बेला जस्तै बेलुका अथबा बिहान बिहानै आएर सफा गर्नु पर्छ नी , मान्छेहरु धेरै आउने समयमा सफा गर्दा रहेछन , अनि कहाँ हुन्छ । काम गरेर मात्र कहाँ हुन्छ र ढंग पनि पुर्याएर , सोचेर काम गरे पनि जस पनि पहिचान पनि पाइन्छ | नेपाल अब्यबस्थित छ यसलाई थोरै ब्यबस्थित गरे छिट्टै राम्रो हुनेछ ।

 

यो पनि पढ्नुहोस : चौध बर्ष पछिको दशैं – भाग २

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More