सामसुङको नयाँ स्मार्टफोन “ग्यालेक्सी नोट-२” सार्बजनिक

30 August, 2012 09:21 | सूचना/प्रविधि | comments | 27450 Views

बर्लिन, सामसुङले आफ्नो नयाँ स्मार्टफोन “ग्यालेक्सी नोट-२” सार्वजनिक गरेको छ । विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन मानिएको “ग्यालेक्सी नोट-२” लाई जर्मनीको बर्लिनमा एक विशेष समारोहबीच कम्पनीले सार्वजनिक गरेको हो ।

पछिल्लो समय एप्पलसँगको पेटेन्ट बिबादमा पराजित भएपछि सामसुङले आफ्नो कुनै उत्पादन सार्वजनिक गरेको यो पहिलो पटक हो । यो नयाँ स्मार्टफोनले पराजय पस्च्यात तिर्नु परेको जरिवाना र कुनै-कुनै फोन माथिको प्रतिवन्धका कारण गिरेको सामसुङको बजार र शेयर उकास्न ठुलो मद्धत पुग्ने कम्पनिको विश्वास रहेको जनाइएको छ ।

 

ग्यालेक्सी नोट-२ को मुख्य विशेषता यसको ठूलो ५.५ इन्चको फ्लेक्सिवल स्क्रिन हो । यो एन्ड्रोइडको लेटेस्ट अपडेटेट अपरेटिङ सिस्टमबाट चल्नेछ । यसमा नयाँ अफलाइन भ्वाइस डिटेक्सन फिचर समेत रहेको छ । यो स्मार्टफोनमा १२८०-८०० पिक्सेल रिजोलुसन, ८ मेगापिक्सेलको क्यामरा तथा २ जिबीको मेमोरी र १.६ गिगाहर्जको प्रोसेसर रहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!