नेसाज नलेज ट्रन्सफर कार्यशाला गोष्ठी २०१० नागोया इन्टरनेशनल सेन्टरमा भब्यताका साथ सम्पन्न भयो ।
उक्त कार्यक्रम जापानका लागि नेपालका महामहिम राजदूत डा.गणेश योञ्जन तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । सरोज कंडेलले सञ्चालन गरेको प्रथम सेसन मा नेसाजका सभापति राजेंद्र पराजुलीको अध्यक्षतामा आयोजक कमिटीका अध्यक्ष डा. बसन्त गौतमको स्वागत मन्तब्य बाट सुरु भएको थियो ।
एनआरएनका राष्ट्रिय संयोजक डा.सुदीप अधिकारी र पूर्ब नेसाज सभापति रिसब पौडेलको मन्तब्य पछि गोष्ठीको विशिष्ट समयमा चुबु बिश्वविद्यालय, कासुगाइका प्रोफेसर किमिहिदे मुसाकोजिले “नेपालको सन्दर्भमा संघीयता”शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भयो । युगोस्लोभाकिया र नेपाल को परिस्थिति लाई तुलना गर्दै संघीयता माँ जादा कुनै पश्चिमा को मोडेल अनुसार नभई आफने बिशेषतालाई मध्यनजर राख्दै "buttom up approach " बता बिकेन्द्रीकरण लाई मजबूत गर्ने खालको संघीयता नेपालको परिपेक्षमा बढ़ी उपयुक्त हुन सक्ने तर्क प्रस्तुत गर्नु भएको थियो । यो नेपालको परिपेक्षमा अत्यन्त सान्दर्भिक र समसामयिक विषयबस्तु भएकाले यो कार्यपत्र र यसमाथिका छलफलहरु निक्कै जीवन्त एबम उपयोगी र प्रासंगिक ठानिएको थियो ।
नेसाजले पहिलोपटक नागोया शहरमा आयोजना गरेको यो नेसाज नलेज ट्रन्सफर कार्यशाला गोष्ठी २०१० भब्यताकासाथ सम्पन्न गर्नका लागि सुभकामना ब्यक्त गर्दै महामहिम राजदूत डा गणेश योंजन तमाङ्द्वारा यस्ता कार्यक्रमको उपयोगिता माथि प्रकाश पार्दै यस्ता कार्यक्रम को निरन्तरताको समेत कमान गर्नुभएको थियो । इच्छा हुदा हुदै पनि आफ्नो कार्य ब्यस्तताले पूरा समय रहन नसकेकोमा पछुतो मान्दै आफ्नो सारगर्बित मन्तब्य राख्नु भएको थियो । अन्त्यमा नेसाज सभापतिद्वारा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रथम सेसन समापन भएको थियो ।
दिवा भोजन पछि सुरु भएको दोश्रो सेसनमा मधु सुदन कायस्थद्वारा Fiber Optic Communication र यस को नेपालमा अबस्था बारे, सोबिता कोइरालाद्वारा “Early Childhood Development Program in Japan” बारे प्रा डा मासायुकी वातानाबे ले “Community Based Rehabilitation in Nepal: Challenge for Inclusive Society” बारे निक्कै चाख लाग्दा प्रस्तुति गर्नु भएको थियो र उत्तर प्रस्तुति छलफल निक्कै जीबन्त थियो ।
अन्यमाँ प्राबिधिक सेसन अन्तर्गत कृष्णकुमार भेटवालद्वारा स्टीलको स्तर सुधारमा गरिएको सफल अनुसन्धान, इश्वर खत्री द्वारा सोलर इनर्जीका संभावना र चुनौती तथा ,बिपिन खनालद्वारा संयोजनकारी सफ्टवेयरको बिकास र अन्त्यमा होम प्रसाद अधिकारी बाट नेपालमा लघु जल बिद्युतका संभावना र चुनौतीको बारेमा गर्नु भएको अनुसन्धान नतीजा प्रस्तुत गर्नु भएको थियो । जेनरल सेसनको अध्यक्षता रिसब पौडेलले गर्नु भएको थियो भने प्रबिधिक सेसन को अध्यक्षता डा. सुदीप अधिकारी ले गर्नु भएको थियो ।
|