भक्तपुरमा पनि साइकल गस्ती
नेपाल जापान डट् कम् सम्वाददाता
भक्तपुर 

जिल्लामा शान्तिसुरक्षा कायम गर्न तथा आपराधिक घटना नियन्त्रणका लागि प्रहरीले साइकल गस्ती सुरु गरेको छ । महानगरीय प्रहरी प्रभाग, दरबार स्क्वायरको सक्रियतामा साइकल भाडामा लिएर गस्ती थालिएको हो । उक्त प्रभागका प्रमुख सञ्जीव सुवालका अनुसार चोरीका घटना बढिरहेको गुनासो स्थानीयवासीबाट आएकाले साइकल गस्ती थालिएको बताउनुभयो ।


उक्त गस्ती हाललाई भक्तपुर दरबारक्षेत्र, टौमढी, दत्तात्रयक्षेत्रमा परिचालन भइरहेको जानकारी दिँदै उहाँले सम्भव भएसम्म अन्य क्षेत्रमा पनि सेवा विस्तार गरिने बताउनुभयो ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

अरु समाचारहरु मिति
१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies