एनआरएन युरोप क्षेत्रीय सम्मेलनको तयारी पूरा
नेपाल जापान डट् कम् सम्वाददाता
काठमाडौं 

विश्वभरका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको फ्रान्समा हुन गइरहेको चौथो युरोपियन क्षेत्रीय बैठकको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलन यही ३१ जुलाईमा सुरु भएर १ अगस्तका दिन सकिने कार्यक्रम छ।


सम्मेलनमा भाग लिन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष देवमान हिराचन जापानबाट फ्रान्सको राजधानी पेरिस पुगिसक्नु भएको बताइएको छ। उक्त बैठकमा एनआरएन रुस, डेनमार्क, बेल्जियम, फ्रान्स, बेलायत, जर्मनी, पोर्चुगल, साइप्रसलगायतका मुलुकका प्रतिनिधिका साथै गैरआवासीय नेपाली संघका युरोपेली राष्ट्रमा रहेका संघका संरक्षक, सल्लाहकारलगायतको सहभागिता रहनेछ।


उक्त बैठकमा गैरआवासीय नेपाली सञ्जालको गतिविधिहरुको समीक्षा गर्नुका साथै भावी योजनाहरु तया गरिनेछ। बैठकमा गैरआवासीय नेपालीहरुका लागि दोहोरो नागरिकता, युरोपेली मुलुकहरुमा रहेका एनआरएन राष्ट्रिय समन्वय परिषदहरुको प्रगतिबारे समीक्षा हुनेछ। बैठकमा भाग लिन एनआरएन-आइसीसी अध्यक्ष देवमान हिराचन २८ जुलाईमै फ्रान्स पुगिसक्नु भएको छ भने अन्य पदाधिकारी, सदस्य तथा अन्य मुलुकका एनसीसी अध्यक्ष, सदस्यलगायतका गैरआवासीय नेपालीहरु फ्रान्स पुग्ने क्रम जारी रहेको छ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

अरु समाचारहरु मिति
१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies