टोलटोलमा चिकित्सक टोली परिचालन
नेपाल जापान डट् कम् सम्वाददाता
बाँके (नेपालगन्ज) 

जिल्ला  जनस्वास्थ्य कार्यालय बाँकेले नेपालगन्ज नगरको टोलटोलमा चिकित्सक टोली परिचालन गरेको जनाएको छ ।  नेपालगन्जमा फैलिएको झाडापखालाको प्रकोपबाट थप एकको मृत्यु भएपछि जनस्वास्थ्य कार्यालयले  गम्भीर भई चिकित्सक टोली परिचालन गरेको छ ।


झाडापखालाका कारण नेपालगन्ज-५ स्थित अनिस हल्वाईका तीन वषर्ीय छोरी तानिया हल्वाईको उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी रोगका फोकल पर्सन रामबहादुर चन्दले बताउनुभएको छ ।  नेपालगन्ज मेडिकल कलेज, भेरी अञ्चल अस्पताल र नेपालगन्ज युनाइटेड अस्पतालमा गरी २७५ भन्दा बढीको उपचार भइरहेको छ ।


बिरामीको सङ्ख्या बढेर अस्पतालमा शैया अपुग हुन थालेपछि कतिपय अस्पतालमा छुट्टै कोठामा राखेर पनि बिरामीको उपचार भइरहेको छ । फोहोर खाना र दूषित पानीले झाडाबान्ता फैलिएको हुनसक्ने चिकित्सकले बताएका छन् ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

अरु समाचारहरु मिति
१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies