देशलाई असर पर्ने गरी कुनै पनि अनावश्यक सहमती गर्दैनौं: प्रचण्ड
नेपाल जापान डट् कम् सम्वाददाता
भक्तपुर 

एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन गर्नका लागि कुनै पनि दलसंग देशलाई असर पर्ने गरी कुनै पनि अनावश्यक सहमती  नगर्ने बताउनुभएको छ ।


शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे निवास कमलविनायकमा भएको भेट पछि संचारकर्मीलाई प्रतिक्रिया दिदै उहाले माओवादी पार्टील सरकार बनाउनका लागी अनावश्यक समझौता नगर्ने बताउनुभयो । मधेशी जनता र मधेशकेा बारेमा माओवादी पार्टीले पहिला जे नीति बनाएको छ त्यही अनुरुप जाने बताउनुभयो । उहाले एक मधेस एक प्रदेश माओबादीले स्वीकार्य नगरेको प्रष्ट पार्नुभयो ।


उहाले भन्नुभयो-'दलित, जनजाती, महिला अधिकारका लागि संघर्ष गर्दै आएको छ, त्यसमा माओबादी दायाबाया गर्दैन ।' मधेसबादी मोर्चाले प्रस्तुत गरेको आधार पत्रमा पार्टीले हिजो नै छलफल गरेर निर्णय गरेको बताउदै प्रचण्डले भोली एक बजे मधेसी मोर्चाका चार पार्टीलाई राखेर निर्णय बुझाउने र भोली नै सार्वजनिक गर्ने बताउनुभयो । मिडियामा माओबादी बारे बाहिर आएको कुरा गलत भएको प्रष्ट्याउनुभयो । उहाले भन्नुभयो-'पार्टीको घोषित जे निर्णय छ, माओबादीले अहिले पनि त्यसमै अडिक रहेको बताउनुभयो । नेपाल मजदुर किसान पार्टीसंग आज भएको छलफलमा उसले राखेको बुदाहरुमा कुनै असहमती नभएको बताउनुभयो । नेमकिपाको प्रस्ताव संवेदनसिल भएकाले त्यसलाई कार्यन्वयन गर्न दुई पार्टी बीच संयन्त्र बनाउने कुरा भएको बताउदै उहाले १७ गतेको निर्वाचनमा सिद्धान्त र नितिको आधारमा मिलेर जान आग्रह गर्नुभयो ।


त्यसैगरी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले १७ गते कुनै पनि हालतमा प्रधानमन्त्रीको चयन हुनु पर्ने बताउनुभयो । १७ गतेपनि प्रधानमन्त्रीक चयन हुन नसके दलहरुले राष्ट्रपतिलाई सरकार गठनको जिम्मेवारी दिनु पर्ने बताउनुभयो । दलहरुको जिम्मेवारी अनुसार राष्ट्रपतिले कुनै पनि दललाई तीन महिनाभित्र बहुमत पुर्‍याउने गरी सरकार गठन गर्न प्रस्ताव गर्नु पर्ने उहाले बताउनुभयो ।


माओबादीसंगको छलफलमा आफनो पार्टीको १५ बुदाको बारेमा छलफल भएको त्यसलाई सरकारमा आउनेले कार्यन्वयनमा लानु पर्ने बिचार आफूले राखेको बताउनुभयो । नेमकिपाले माओबादी र काङग्रेसबाट आउने प्रतिक्रियाका आधारमा पार्टीमा छलफल गरी निर्णय गर्ने बताउनुभयो । आजको छलफलमा माओबादीका तर्फब्ााट पार्टी अध्यक्ष दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ  सहभागि थिए भने नेमकिपाको तर्फबाट अध्यक्ष बिजुक्छे, पार्टी सचिव सुनिल प्रजापति र केन्दि्रय कोषाध्यक्ष चैत्यराज शाक्य र विदेश विभाग प्रमुख प्रेम सुवालको सहभागि थिए ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

अरु समाचारहरु मिति
१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies