| प्यानल बनाएर चुनाव लडे पार्टी फुट्छः सुजाता कोईराला |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| १२ औं महाधिवेसनको निर्वाचनका लागि नेपाली कांग्रेसभित्र प्यानल बनाउने होडवाजी चलिरहेकै बेला महामन्त्रीका प्रत्यासी नेतृ सुजाता कोईरालाले भने प्यानल खडा गरि चुनाव लडे पार्टीमा विभाजन आउने बताउनु भएको छ । |
|
| वानद्वारा सरकारको वैधानिकतामा प्रश्नः मन्त्री भण्डारी |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| रक्षामन्त्री विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले सरकारको वैधानिकतामाथि प्रश्न उठाएकोमा आपत्ति जनाउनुभएको छ । |
|
| दलहरुको आन्तरिक विवादका कारण प्रक्रिया नै हार्योः सभामुख |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| सभामुख सुभासचन्द्र नेम्वाङले दलहरुको आन्तरिक विवादका कारण सिंगो प्रक्रिया नै हार्न पुगेको बताउनुभएको छ । ज्यापु समाजको साधारणसभामा बोल्दै सभामुख नेम्वाङले सात-सात पटकको निर्वाचनबाट समेत प्रधानमन्त्री नचुनिदा व्यक्तिको मात्र नभई सिंगो प्रक्रियाको हार भएको बताउनुभयो । |
|
| मोबाइलको गुणस्तर सुधार गर्न टावर स्थापना |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| नेपाल टेलिकमले मोबाइल सेवाको गुणस्तर सुधार्न म्याग्दीका विभिन्नस्थानमा टावर स्थापना गरेर क्षमता बढाएको छ । सदरमुकाम बेनीमा जिएसएम मोबाइलका दुईवटा माइक्रो बिटिएस, पुलाचौर र राखुमा म्याक्रो बिटिएस र बिममा सिडिएम टावर स्थापना गरिएको छ । |
|
| ट्रकको ठक्करबाट एकको मृत्यु, दुई गम्भीर घाइते |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| चितवनको नारायणगढमा ट्रकको ठक्करबाट एकजना महिलाको ज्यान गएको छ । अन्य दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । |
|
| दलहरु संकीर्ण स्वार्थबाट अघि बढ्नुपर्छ -भिक्षु मैत्री |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्रीले राजनीतिक दलका नेताहरुले संकीर्ण स्वार्थभन्दा माथि उठेर राष्ट्रको निर्माणमा एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । |
|
| छ जना प्रहरी विभागीय कारबाहीमा |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका पाँचथर सिदिन-१ का २५ वर्षीय सुन्दर राई फरार भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले डिउटी इन्चार्ज हवलदार ईन्द्रनारायण शाहसहित छ जना प्रहरी जवानलाई विभागीय कारबाही गरेको छ । |
|
| सहयोगका लागि याचना |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| ढाडको रोगका कारण धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ताप्लेजुङका दुर्गा सापकोटालाई झापाको दमकका स्थानीय बासिन्दाले रु ५० हजार आर्थिक सहयोग गरेका छन् । |
|
| मोक्तानको आत्महत्या हत्या भएको आशंका |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| ताप्लेजुङको फुङ्लिङ गाविसमा गतराति एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् ।फुङ्लिङ गाविस-३ निवासी ५५ वर्षीय हरिलाल मोक्तानले छिमेकी वीरबहादुर परियारको घरको दलिनमा नाम्लोको पासो लगाइ झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । |
|
| लिलामीमा राजनीतिक संयन्त्रको आपत्ति |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| जनकपुर नगरपालिकाले लाखौँ मूल्य बराबरको सामान रु ९५ हजारमा लिलामी गरेकामा राजनीतिक संयन्त्रले आपत्ति जनाएको छ । |
|
| काम चलाउ सरकारले आर्थिक विधेयक ल्याउन सक्दैनः एमाओवादी |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| एकीकृत नेकपा माओवादीले काम चलाउ सरकारलाई आर्थिक विधेयक ल्याउने अधिकार नभएको निष्कर्ष निकालेको छ।अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँ बजारमा आज बसेको पदाधिकारी बैठकले बजेट निकासीका लागि वैकल्पिक बाटो खोज्न सरकारलाई आग्रह गरेको छ। |
|
| अनेसासद्वारा राजदूत डा.शर्मालाई सम्मान |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित बृहत साहित्यिक महोत्सव तथा अनेसास जनार्दन-लिला प्रतियोगितात्मक कवि गोष्ठि सेप्टेम्बर ४, २०१० शनिबारका दिन सम्पन्न भयो । |
|
| सांस्कृतिक कार्यक्रमका लागि कलाकारहरूको टोली रियादमा |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| साउदी अरबको रियाद, दमाम र बहराइनमा एनआरएनए द्वारा आयोजित सुमधुर सांस्कृतिक कार्यक्रममा आफ्ना गित तथा नृत्यहरू प्रस्तुत गर्न नेपालबाट कलाकारहरू नायिका तथा नृत्यांगना झरना थापा, गायक द्वय राजु परियार र बैकुण्ठ महत तथा गायिकाहरू अञ्जना गुरूंग, ज्योति मगर र योगिता मोक्तान रियाद आइपुग्नुभएको छ । |
|
| सगरमाथा आरोहि तेम्बा शेर्पाको गीति एल्वम यम बरालद्धारा विमोचित |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| तेम्बा शेर्पाको हिमाली हावा सिडी क्यासेटको विमोचन तितो सत्यकासाथ सांगीतिक कार्यक्रमको प्रश्तुतिकै क्रममा गायक यम बरालको हातबाट विमोचन गरिएको छ । |
|
| तितो सत्यका साथ सांगीतिक साँझ, सानफ्रान्सिस्कोको हिलटनमा सम्पन्न |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| तितो सत्यकासाथ सांगीतिक साँझनेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भयो । |
|
| शान्तीको भीख मागिरहेछ ! ! ! |
| साहित्य विविध मित्र लाल पार्दे "हिमाल " |
|
|
| तेक्वान्डो खेलाडी थापामगर सम्मानित |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| तेक्वान्डो खेलाडी तुलसी थापामगरलाई सम्मान गरिएको छ । मुलुकको नाम अन्तर्राष्ट्रियजगत्मा फैलाएको भन्दै बागेश्वरी गाउँ विकास समितिले सम्मान गरेको हो । |
|
| चरेससहित पक्राउ |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| रोजगारीका लागि नेपाल प्रहरीमा आवेदन गर्न हिँडेका यहाँका एक युवक गएराति चरेससहित पक्राउ परेका छन् । |
|
| टाम्केकोट महोत्सव आयोजना गरिने |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| जिल्लाको पश्चिम भागमा अवस्थित पर्यटकीय गाउँ पिढीखोलामा टाम्केकोट महोत्सव आयोजना गरिने भएको छ । स्थानीय जनमुक्ति युवा क्लबको आयोजनामा आगामी असोज २७ देखि कात्तिक ४ गतेसम्म महोत्सव हुनेछ। |
|
| पार्टीहरुबीच सहमति जरुरीः अमेरिकी राजदूत |
| समाचार नेपाल जापान डट् कम् सम्वाददाता |
| नेपालका लागि अमेरिकी राजदूत स्कट एच. डिलिसीले शान्ति प्रक्रियामा सहयोग गर्न स्थापना भएको संयुक्त राष्ट्रसङ्घीय कार्यालय (अनमिन) को अनुगमनकारी भूमिकाबारे दलहरूबीच छलफल एवम् सहमति अपरिहार्य भएको बताउनुभएको छ । |
|