प्यानल बनाएर चुनाव लडे पार्टी फुट्छः सुजाता कोईराला
नेपाल जापान डट् कम् सम्वाददाता
काठमाडौं 

१२ औं महाधिवेसनको निर्वाचनका लागि नेपाली कांग्रेसभित्र प्यानल बनाउने होडवाजी चलिरहेकै बेला महामन्त्रीका प्रत्यासी नेतृ सुजाता कोईरालाले भने प्यानल खडा गरि चुनाव लडे पार्टीमा विभाजन आउने बताउनु भएको छ ।


काठमाडौमा आज भएको साक्षात्कार कार्यक्रममा नेतृ कोईरालाले प्यानल खडा गर्दा पार्टी विभाजन आउने भन्दै आफु कुनै पनि प्यानलमा नजाने दावी गर्नुभयो ।


पार्टीभित्र प्यानल खडा गरेकाहरु प्रति लक्षित गर्दे नेतृ कोईरालाले हिम्मत भए एक्लै चुनावी मैदानमा आउन चेतावनी दिनुभयो ।


कार्यक्रममा नेतृ कोईरालाले पार्टीभित्र एकताको खाँचो रहेको भन्दै आफुले चुनाव जिते पार्टीमा सहमतीको राजनीतिलाई प्रारम्भ गर्ने बताउनुभयो ।


महाधिवेसनलाई लक्षित गर्दै सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवा र भिमवहादुर तामाङ समुहले प्यानलको घोषणा गरिसकेका छन् भने कार्यवाहक सभापति शुशिल कोईरालाले पनि आफ्नो प्यानलको चांडै नै घोषणा गर्ने बताईएको  छ ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

अरु समाचारहरु मिति
१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies