दशौं पटक एस.एल.सी. दिएर परिणामको प्रतिक्षामा बसेका आफ्ना गाउँले मामालाई गाउँले भान्जी ले सोध्छिन ।
भान्जी:- मामा-मामा, तपाई यस पल्ट पास हुनु भयो भने के गर्नु हुन्छ ?
मामा:- तिम्रो मुखमा दही, घिउ, दुध भात! यस पल्टमा पास भए भने त, म यति खुशी हुने थिए कि, नाच्ने थिए, उफ्रने थिए, आफ्नो कपाल लुछ्ने थिए, यहाँ सम्म कि म त पागल नै हुने थिएँ !
भान्जी:- हे, भगवान! मलाई त्यो दिन कहिलै देख्न न परोस् !
|