गीत,गजल,भजन भनौं धेरै दिनमा लेखें हजुर बगलीमा छुरा राखी हिड्नेलाई देखें हजुर ।
जदै हजु....र भन्थ्यो उस्ले साँझ विहान भेटहुँदा भीरतिर जानखोज्दा कांध थापी छेकें हजुर ।
सिदा सौदा पाएपछि खिस्स हाँस्दै बाटोलाग्थ्यो धारे हात लाउँदै गर्दा रङ्गे हात भेटें हजुर ।
मान्छे भन्नु यस्तै हो कि सारङ्गीलाई रेटें हजुर बगलीमा छुरा राखी हिड्नेलाई भेटें हजुर ।
|