जुलाई १६ देखि २२ सम्म |
|
|
 |
मेष |
| साताको सुरुमा झुटा आरोप र अपजस बेहोर्नुपर्नेछ । आकस्मिक धनको हानि-नोक्सानी हुनसक्छ । मन अस्थिर र चञ्चल रहनेछ । चोटपटकसमेत लाग्नसक्ने कारण सावधानी अपनाउनुहोला । शनिबारबाट मनोवाञ्छित कार्य सफल हुनेछन् । अध्ययनमा मन जानेछ । आफन्तबाट सहयोग जुट्नेछ । यात्रा फलदायी रहनेछ । |
|
 |
बृष |
| सजिलैसँग महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । जग्गा-जमिन लाभको योग छ । स्वव्यवसायबाट समुचित लाभ हुनेछ । स्त्रीबाट सहयोग पाइनेछ । धर्ममा रुचि बढ्नेछ । मीठो बोल्नेबाट धोका हुनसक्छ । सोमबार र मंगलबार विलासितामा खर्च हुने र व्यर्थ भ्रमण हुनेछ । |
|
 |
मिथुन |
| मनोवाञ्चित कार्य सफल हुनेछन् । पारिवारिक सुख-सुविधा प्राप्त हुनेछ । मित्रवर्गबाट सहयोग पाइनेछ । उच्च ओहोदाका व्यक्तिबाट मान र सहयोग पाइनेछ । अध्ययनमा धेरै परिश्रम गर्नुपर्ने देखिन्छ । अढैया शनि र मंगलको प्रतिकूल प्रभावले स्वास्थ्यसम्बन्धी समस्या हुने र यात्रामा अवरोध हुनसक्छ । |
|
 |
कर्कट |
| साताको सुरुमा मान सम्मानमा हानि, परिवारमा रोगको समस्या, आकस्मिक धनको नोक्सानी र मनमा चिन्ता बढ्ने कारण हरेक काम गर्दा गोपनीयता अपनाउनु राम्रो हुनेछ । शनिबारबाट अधुरा काम पूरा हुने एवं आफन्तबाट सहयोग जुट्नेछ । यात्रा रमाइलो र फलदायी हुनेछ । |
|
 |
सिंह |
| साता अनुकूल रहनेछ भने सोचेको कुरा पूरा हुनेछ । आम्दानीका स्रोतहरु थपिनेछन् । व्यवसायमा वृद्धि हुनेछ । धर्ममा रुचि बढ्नुका साथै भाग्यले पूर्णरुपमा साथ दिनेछ । मान-प्रतिष्ठाको योग छ । विद्यामा प्रगति हुनेछ । आफन्तबाट यथेष्ट सहयोग जुट्नेछ । आकस्मिक धनलाभको योग देखिन्छ । स्वास्थ्य सामान्य गडबड रहनेछ । |
|
 |
कन्या |
| साता अनुकूल रहनेछ । काममा सजिलै सफलता मिल्नेछ । बोलीमा प्रभाव रहनुका साथै सोच्ने शक्ति बढ्नेछ । वैदेशिक क्षेत्रमा अधुरा रहेका काम पूरा हुनेछन् । नोकरीमा सुविधा थपिने योग छ । पारिवारिक स्वास्थ्य समस्या समाधान हुनेछ । पढाइमा सफलता मिल्नेछ । आकस्मिक धनलाभ हुने योग छ । |
|
 |
तुला |
| कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । नवीन कार्यको विचार-विमर्श हुनेछ । आकस्मिक धनलाभ हुनेछ । शैक्षिक क्षेत्र राम्रो रहेको छ । स्त्रीबाट सहयोग प्राप्त हुनुका साथै व्यापार व्यवसायबाट लाभ हुनेछ । वैदेशिक कार्यमा बिघ्न बाधा आउनसक्ने कारण शनिको जपपाठ र दान गर्नु लाभदायी हुनेछ । |
|
 |
बृश्चिक |
| सुरुमा आकस्मिक धनलाभ हुने र रमाइलो यात्राका साथै अधुरा काम पूरा हुने एवं नयाँ काम पाइने योग छ । विद्यामा राम्रो प्रगति हुनेछ । वैदेशिक क्षेत्र फलदायी छ । मित्रहरुबाट भने धोका हुनसक्छ । भूमिबाहन लाभको योग देखिन्छ । शनिबार र आइतबार स्वास्थ्यमा गडबडी र मनोरञ्जनमा धन खर्च हुनेछ । |
|
 |
धनु |
| शत्रु बढ्ने तथा शारीरिक दुःख कष्टका साथै मानहानि हुनसक्ने देखिन्छ । आर्थिक कारोबारमा विवादका कारण आफन्तहरु टाढिनेछन् । स्वास्थ्यमा गडबडी हुनेछ । व्यापार एवं साझेदारी व्यवसायबाट उचित लाभ हुनेछ । नोकरी परिवर्तनका साथै स्थान परिवर्तनको सम्भावना देखिन्छ । विद्यामा प्रगति देखिँदैन ।
|
|
 |
मकर |
| काममा सजिलैसँग सफतला मिल्नेछ । माग्यले साथ दिनेछ । धार्मिक एवं मांगलिक कार्यमा मन जानेछ । नोकरी क्षेत्र राम्रो रहनेछ । शानिबार र आइतबार स्वास्थ्यमा संकट आउने, काममा अवरोध हुने, मनमा चिन्ता बढ्ने र लेनदेन कारोबारमा विवाद बढ्नेछ । वैदेशिक यात्रामा अवरोध हुने देखिन्छ । |
|
 |
कुम्भ |
| शुक्र र बुध ग्रह प्रतिकूल छन् । काममा सफलता पाउन र धन आर्जनका लागि कडा मेहनत गर्नुपर्नेछ । यात्रा अनुकूल देखिन्न भने खर्च बढ्नेछ । नोकरी गर्ने व्यक्तिका लागि सुख र सुविधा बढ्ने देखिन्छ । परिवारमा मनमुटाव हुने र स्वास्थ्यसम्बन्धी समस्या बढ्नेछ । अध्ययनमा जाँगर बढ्ने देखिन्छ । |
|
 |
मिन |
| साता अनुकूल रहनेछ भने सोचेको कुरा पूरा हुनेछ । आम्दानीका स्रोतहरु थपिनेछन् । व्यवसायमा वृद्धि हुनेछ । धर्ममा रुचि बढ्नुका साथै भाग्यले पूर्णरुपमा साथ दिनेछ । मान-प्रतिष्ठाको योग छ । विद्यामा प्रगति हुनेछ । आफन्तबाट यथेष्ट सहयोग जुट्नेछ । आकस्मिक धनलाभको योग देखिन्छ । स्वास्थ्य सामान्य गडबड रहनेछ । |
|