CIAA CIAA

  • CIAA
  • CIAA
  • CIAA
  • CIAA
  • CIAA

अख्तियारको नाम लिंदै गैरकानुनी लाभ लिंदै गर्दा…

11 July, 2020 00:36 | जन सरोकार | comments | 27450 Views

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम लिँदै जग्गा व्यवसायीसँग गैरकानुनी लाभ लिएको आरोपमा विभिन्न नौ जनालाई पक्राउ गरिएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–२ चपलीका जग्गा व्यवसायीसँग आयोगमा उजुरी परेको भन्दै धाकधम्की दिएको पाइएको छ ।

आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले आफूलाई ज्योतिष बताउने अर्जुनकुमार थापा क्षेत्री, विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शङ्करविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेललाई बिहीबार पक्राउ गरिएको हो ।

  

आयोगले उनीहरुको अनुसन्धान जारी रहेकाले आजमात्रै सार्वजनिक गरिएको हो ।

आरोपीमाथि आयोगमा उजुरी परेको छ भनी आपराधिक लाभ लिन खोजी मोबाइल फोनबाट सूचनाकर्तालाई पटकपटक मिसकल गरेको, फोन रिसिभ गर्दा आफूहरु अनुसन्धान अधिकृत भनेको पाइएको छ ।

आयोगमा उजुरी परेको, अनुसन्धान प्रक्रिया जारी रहेको, अनुसन्धान रोक्ने भए मलाई भेटनुस् भन्नेजस्ता एसएमएस पठाएको, फोन गरी भेट्न बोलाई डर धम्की दिएको पाइएको छ ।

ओरोपीले डरधम्की दिई बार्गेनिङ गरेर रकम मिलाएको भन्ने सूचनाका आधारमा आयोग र महानगरीय अपराध महाखाशाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पठाइएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
CIAA

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More