अघोरी बाबाकी पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा
आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला अदालत काठमाडौँबाट मंगलबार म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।
विदेश लगिदिन्छु भन्दै विश्वासमा लिएर धोका दिई ठगी गरेको भनी एक महिलाले कारवाहीको माग गर्दै सोमबार जाहेरी दिएकी थिइन् । त्यही जाहेरीको आधारमा प्रहरीले पाण्डेलाई सोमबार पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २४९ मा कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकामा सो बमोजिम नगरी वा फकाइ, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानी, नोक्सानी वा क्षति पु¥याएमा वा आफ्नो वा अरु कसैका लागि कुनै लाभ प्राप्त गरेमा निजले आपराधिक लाभसम्बन्धी कसुर (ठगी) गरेको मानिने उल्लेख छ । भ्रष्टाचारसम्बन्धी र सरकारी संस्थाबाहेक यसरी ठगी गरेको प्रमाणित भएमा सात वर्ष जेल र रु ७० हजार जरिवाना गरिने व्यवस्था छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- नेपाल साग फुटबलको फाइनलमा- भुटानसंग उपाधीका लागि भीडन्त
- द्वन्द्वको घाउ निको हुन समय लाग्छ : राष्ट्रपति भण्डारी
- सीमा अतिक्रमण हुन बचाएको विद्यालयकै जग्गाधनी पूर्जा छैन
- नयाँ दिल्लीमा कारखाना आगलागीः कम्तीमा ४३ जनाको मृत्यु
- तेस्रो स्वर्ण जित्दै इतिहास रचिन गौरिकाले : जुडोमा देवीकाले दिलाइन स्वर्ण
- एकै दिनमा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु
- बम बिस्फोट गराउने विप्लव समूहका मेची नगर इञ्चार्ज पक्राउ
- नेपाल भ्रमण वर्षका लागि पाँच हजारजनालाई पर्यटकीय तालीम
- जति नै पीडित भए पनि नारी मन- पलाउँछ माया अनि फेर्छन् बयान
- ट्रकको ठक्करबाट बालिकाको मृत्युपछि प्रहरी र विद्यार्थीबीच झडप डिएसपीसहित नौ प्रहरी घाइते
- सार्क स्थापनाको पैँतीस वर्ष : सधैं भारत-पाक तनावको शिकार
- जब जिम्मेवारहरु नै बेचबिखनमा सक्रिय हुन्छन् भने…
- भ्रमण वर्ष २०२० सफल बनाउन सचिवालय गठन- प्रचार प्रसार तीब्र
- प्रमोदको कोचिङमा ‘द भ्वाइस अफ नेपाल’- २ को उपाधि राम लिम्बुलाई
- थलीमा स्थानीयबासी उत्रिए सडकमा : टायर बालेर बिरोध
- चीनको विदेशी मुद्रा सञ्चिती ३० खर्ब ९५ अर्ब अमेरिकी डलर
- अवैध मेडिकल र झोले डाक्टरका कारण दुई महिनामा पाँचजनाको ज्यान गयो
- हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा
- भ्रमण वर्षलाई क्रिस्टोफर फाउण्डेशनले सहयोग गर्ने
- आजको राशिफल– २०७६ मंसिर २२ गते आइतबार
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


