अछामको मंगलसेनमा भेटियो सकेट बम

26 May, 2015 11:35 | जन सरोकार , सुदुर पश्चिमाञ्चल | comments | 36450 Views

अछाम सदरमुकाम मंगलसेनमा कृषकको बारीमा आईतवार भेटिएको सकेट बम निष्कृय पारिएको छ । मंगलसेन नगरपालीका ५ स्थित करिव २०० मिटर दक्षीण पूर्वतिर किसानको जग्गामा फेला परेको बम नेपाली सेना र नेपाल प्रहरीको टोलिले २४ घण्टापछि निष्कृय पारेको थियो ।

दुर्गा बक्स गण मंगलसेनका मेजर बिजय आंगदाम्वे नेतृत्वको ६ जनाको नेपाली सेनाको टोलि र जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव निरीक्षक डम्मर मल्ल नेतृत्वको ६ जना नेपाल प्रहरीको टोलीको सक्रियतामा सकेट बम पूर्ण रुपमा निष्कृय पारिएको हो ।

बिदेशमा बनेको सकेट र ठुलो क्षमताको सकेट भएकोले आईतवार दिउसोदेखी सोमवार साढे ३ बजेसम्म नेपाल प्रहरीको घेरामा सुरक्षीत राखी सोमवार साढे ३ बजे सेनाको बम निष्कृय पार्ने साधनको प्रयोग गरेर निष्कृय पारिएको प्रहरी नायब निरिक्षक मल्लले बताए ।

  

स्थानिय माहाँदेव ढुंगानाको बारीमा खनजोत गर्ने क्रममा बम फेला परेको थियो । स्थानियका अनुसार जमिनमा खनजोत गर्ने क्रममा बम भेटिएको हुदा बम पुरानो भएको तर त्यसको बाहीरी भागमा खिया लाग्नुबाहेक अन्य पाटपूर्जामा कुनै खरावी नभएको नेपाली सेनाले जनाएको छ ।

समयमै सुरक्षा निकायलाई जाँनकारी नभएको भए खतरा समेत हुनसक्ने अवस्था रहेको प्रहरीको भनाई रहेको छ जिल्ला कारागार नजिक बारीमै बम फेला परेकोले जनयुद्धकाल २०५८ सालमा अछाम आक्रमण हुदाको अवसेस हुनसक्ने प्रहरीले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More