अजिव गुरुङ ‘ओम’द्वारा एनआरएनए एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी

22 July, 2019 15:47 | एन आर एन न्युज , जापान | comments | 15150 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समवन्य परिषद्को अधिवेशनमा अजिव गुरुङ ‘ओम’ले एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनए जापानको अध्यक्ष, तीन पटक आईसीसी सदस्यको जिम्मेवारी निर्वाह गरेका गुरुङले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिने बताउनु भएको छ ।

adsads

पर्वत जिल्लाको फलेवास नगरपालिका ८ ठानामौलाको खाल्टेका गुरुङ हाल चितवनको माडीमा बसोवास गर्दै आउनु भई लामो समयदेखी जापानमा रेष्टुरेण्ट तथा रेमिट्यान्स ब्यवसायमा आवद्ध हुनुहुन्छ । नेपालीका लागि नेपाली,एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैरआवासीय नेपाली संघको मुल नारालाई सार्थकर्ता दिन आफुले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिएको गुरुङले बताउनु भयो ।

जापानस्थित नेपाल आदिबासी जनजाति महसंघ जापानको सस्थापक अध्यक्ष समेत् रही विभिन्न संस्थामा पनि महत्वपूर्ण ठाउँमा बसेर काम गरी सकेका गुरुङ गैरआवासीय नेपाली आन्दोलन र अभियानको अगुवामा मध्येका एक हुन । एनआरएनए जापान एनसीसी अध्यक्ष देखि सकृयता देखाएका गुरुङ गत अधिवेशनमा निर्वाचित आईसीसी अध्यक्ष भवन भट्ट नेतृत्वको समितिमा नीति र कार्यान्वयन समितिमा जिम्मेवारी रहेर काम गरिरहेका छन र गैरआवासीय नेपाली संघको परिकल्पना स्थापना र विकासमा एनआरएनए एनसीसी र आईसीसीमा गुरुङको योगदान र भुमिका निकै महत्वपूर्ण मानिन्छ ।

पर्वत समाज जापान, नेपाल आदिवासी जनजाति महासंघ जापान, तमु धीं जापान, चितवन समाज जापान, तमु ह्युल छोंधीं नेपालको अन्तर्राष्ट्रिय परिषद् सल्लाहकार लगायत विभिन्न संस्थामा आवद्ध गुरुङ समसामयिक विषयमा कलम समेत चलाउनु हुन्छ ।

एनआरएनए एसिया प्यासिफिक संयोजक पदमा उम्मेद्धार गुरुङले गैरआवासीय नेपालीहरुको हक अधिकार र विदेशमा निधन भएका नेपालीहरुको सरकारी तवरवाट नेपालका परिवारमा समन्वय तथा विदेशीभूमिमा अलपत्र नेपालीहरुको उद्धारमा  जोडदारसंग लाग्ने बताउनु भयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!