अटोमेटिक पेस्तोल र बन्दुकसहित विप्लवका कार्यकर्ता पक्राउ

25 June, 2019 19:35 | जन सरोकार | comments | 10800 Views

मोरङ प्रहरीले आफूलाई विप्लव समूहका भन्दै हातहतियार देखाई विभिन्न व्यक्ति संघ संस्थाहरुबाट डर त्रासको आडमा चन्दा असुल्न खोज्नेहरुलाई हतियारसहित पक्राउ गरेर सार्वजनिक गरेको छ ।

निजहरुले हतियारदेखाई चन्दा असुल्न खोजिरहेको भन्ने बिशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा ईप्रका बेलबारीबाट खटाइएको प्रहरी अधिकृत सहितको टोलीले असार ८ गते अन्दाजी पाँच बजेको समयमा मोरङ बेलबारी नगरपालिका वडा नं ४ स्थित स्कुल डाँडामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

adsads

उनीहरुलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सो स्थानमा को १७ प ४५८६ नम्बरको मोटरसाईकलमा सवार ब्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा निजहरू जिल्ला मोरङ सुन्दर हरैचा नगरपालिका वडा नं १२ बस्ने बर्ष ४० को अशोक राई तथा जिल्ला मोरङ कानेपोखरी गाउँपालिका वडा नं ६ बस्ने बर्ष ३४ को सुदिप भन्ने कंश धिमाललाई पक्राउ गरिएको र उनीहरु प्रतिवन्धित विप्लव समूहसंग आवद्ध रहेको खुलेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा निजहरूले हतियार लुकाइराखेको खुलेपछि जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएका प्रहरी टोलिले गरेको खोजतलास अप्रेसनको क्रममा मिति सोही दिन कंश धिमालको घरकोठामा अटोमेटिक पेस्तोल दुई नाल त्यसमा फिट हुने म्याग्जिन थान ४ र गोली १४ राउण्ड समेत निजहरूकै रोहवरमा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अशोक राई जिल्ला जनपरिषद् प्रमुख रहेको तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको खुलेको छ । निज कंश २०६६ सालमा उर्लावारी मंगलबारेस्थित सुनचाँदी पसलमा लुटपाट घटनामा डाँका मुद्दा चलाएको, २०६६ सालमा दमक, झापाको लक्ष्मी बैंक लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरेको समेत अनुसन्धानबाट पत्ता लागेको छ ।

त्यसैगरी निजहरूको प्रारम्भिक अनुसन्धानको क्रममा असार ९ गते उर्लावारी नपा २ सालबारी बस्ने अन्दाजी वर्ष ४८ को केन्द्रलाल धिमाललाई निजको घरमा ३ नाल भरूवा बन्दुक, सो बन्दुकमा प्रयोग हुने बारूद, छर्रा, नटबोल्ट, केप, वासर, पुल्थ्रोमा प्रयोग भएको कपडा लगायतका सामाग्री सहित समेत पक्राउ गरिएको छ । बरामद ३ थानमध्ये एउटा भरुवा बन्दुक लोड अवस्थामा रहेको पाइएको थियो ।

पक्राउ परेका व्यक्तिहरूलाई तत्काल मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गतको हातहतियार तथा खरखजाना अन्तर्गतको कसुरमा थप अनुसन्धान भैरहेको छ ।

सुर्खेतमा विप्लवका कार्यकर्ताद्वारा बसमा आगजनी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!