अतिक्रमण गरेको पूर्वी सन्दकपुरमा अनेरास्वयुले गाड्यो नेपालको झण्डा

17 November, 2019 00:11 | जन सरोकार | comments | 9600 Views

भारतले अतिक्रमण गरेको पूर्वी नेपालको सन्दकपुर क्षेत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले शनिबार नेपालको झण्डा गाडेको छ । इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झण्डा फहराएको हो ।

adsads

पर्यटकीय क्षेत्र सन्दकपुरमा गाउँपालिकाले ‘भ्यू टावर’ निर्माण गर्ने क्रममा भारतले सो क्षेत्र अतिक्रमण गरेको थियो । त्यसपछि भारतले भ्यू टावर निर्माणमा अवरोध गर्दै आएको छ । अतिक्रमित भूमिमा अनेरास्ववियुले राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बलसँग सामान्य विवाद भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिनुभयो ।

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली सीमा मिचिएकोबारे भारतीय मन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले कूटनीतिक प्रयासबाट सीमा विवाद मिलाउने बताइरहेका बेला शिक्षा मन्त्री पोखरेलले भारतीय मानव संशाधन विकासमन्त्री रमेश पोख्रियाल ‘निशांकलाई भेटेर जारी नयाँ नक्साबारे असन्तुष्टि जनाउनुभएको हो ।

मन्त्री पोखरेलका स्वकीय सचिव विनोद न्यौपानेले फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को ४० औं महासभा बैठकका क्रममा मन्त्री पोखरेलले भारतीय समकक्षीसँग नेपाल–भारतबीचको सीमा विवादबारे ध्यानाकर्षण गराएको जानकारी दिनुभएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More