अत्याधुनिक बक्सिङ प्रशिक्षण केन्द्र उद्घाटन

13 November, 2014 17:30 | खेल , सुदुर पश्चिमाञ्चल | comments | 39450 Views

कञ्चनपुर- सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक निर्माण भएको अत्याधुनिक सुविधासहितको बक्सिङ प्रशिक्षण केन्द्रको विहिवार उद्घाटन गरिएको छ । रु ५२ लाखको लागतमा निर्माण गरिएको बक्सिङ प्रशिक्षण केन्द्रको भगतपुरस्थित नेपाली सेनाको २५ नम्बर बाहिनीका बाहिनीपति गङ्गाबहादुर गुरुङले उद्घाटन गर्नुभयो ।

उहाँले बक्सिङका खेलाडी उत्पादन गर्नका लागि प्रशिक्षण केन्द्र निर्माणले टेवा पु¥याउने बताउनुभयो । कञ्चनपुर बक्सिङ सङ्घको पहलमा निर्माण गरिएको बक्सिङ प्रशिक्षण केन्द्र विभिन्न क्षेत्रको सहयोगमा निर्माण गरिएको हो ।

दुई वर्षअघिदेखि प्रशिक्षण केन्द्र निर्माणको कार्यमा सघाउ पु¥याउँदै आएको नेपाली सेनाको भगतपुरस्थित २५ नम्बर बाहिनीले केन्द्रलाई श्रमदान, भौतिक सहयोगसहित रु २० लाखबराबरको सहयोग गरेको सङ्घका प्रशिक्षक ओलम्पियन डम्बरदत्त भट्टले बताउनुभयो ।

  

केन्द्रमा ५० जनासम्मलाई प्रशिक्षण दिने हल र प्याराफिटमा ५०० देखि ७०० जनालाई बसाउन सकिने गरी निर्माण गरिएको छ । २०६९ साल पुसदेखि केन्द्र निर्माणको कार्य सुरु गरिएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More