अत्यावश्यक वस्तुको बिक्री वितरण पारदर्शी बनाउनुपर्ने

17 March, 2020 19:50 | अर्थ | comments | 23100 Views

नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासङ्घले अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएको छ । महासङ्घको मंगलबार नक्सालमा बसेको बैठकले कोभिड–१९ को कारण देखाउँदै माक्स, सेनेटाइजर, औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तु बिक्री वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष कमला गुरुङले मुलुकलाई पर्दै गएको कठिन परिस्थितिमा सबै क्षेत्र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार र सहयोगी बन्नुपर्ने बताउनुभयो । “सेवा क्षेत्रका पर्यटन, औषधिजन्य क्षेत्रमा यसको असर पर्ने भएकाले आ–आफ्नो भूमिकालाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु जरुरी छ,”–उहाँले भन्नुभयो ।

महासङ्घले नेपालमा कोभिड–१९ फैलन नदिन सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ । कोभिड–१९ को कारण उद्योग, तथा व्यापार क्षेत्रमा समेत ठूलो धक्का लागेकाले बैँक तथा वित्तीय क्षेत्रले दिने ब्याजदरमा विशेष सहुलियत दिन बैठकले निर्णय गरेको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More