अदालतको झल्को दिने गरी नगरपालिकाको न्यायिक कक्ष

22 October, 2019 22:01 |राजनीति | comments | 3300 Views

    जाजरकोटको नलगाड नगरपालिकाको न्यायिक समितिले यसवर्षदेखि न्यायिक कक्ष स्थापना गरेरै अदालतको झल्को दिने गरी न्याय सम्पादन गर्न थालेको छ ।

    न्यायिक समितिले प्रभावकारी न्याय सम्पादन गर्न नसकेको गुनासो बढेका कारण कानूनको अनभिज्ञता, स्रोत साधनको अभावलगायत कारण देखाएर प्रभावकारी न्याय सम्पादन हुन नसकिएको सम्बद्ध पदाधिकारीले जनाउँदै आएका थिए तर उक्त नगरपालिकाको न्यायिक समितिले यस वर्षदेखि अदालतको झल्को दिने गरी न्यायिक कक्ष व्यवस्था गरेको हो ।

    adsads

    संयोजकसहितको तीन सदस्यीय उक्त समितिले जटिल मुद्दा टुङ्गो लगाउन तीनजना नै सदस्य बस्ने गरेको र सामान्य खालका मुद्दामा भने न्यायिक समितिका सदस्यले कानून व्यवसायीसँग परामर्श गरेर विवाद टुङ्गो लगाउने गरेको संयोजक बालकुमारी बस्नेतले बताउनुभयो ।

    समितिको पहिलो बैठकले आमाबाबुले सम्बन्धविच्छेद गरेपछि अप्ठ्यारोमा परेका दुई नाबालकलाई पालनपोषणको व्यवस्था गर्नुपर्ने निर्णय गरेको उहाँको भनाइ थियोे । जाजरकोट जिल्ला अदालतले एक वर्षअघि उक्त नगरपालिका–७ का सुनिल सिंह र विमला सिंहबीच सम्बन्धबिच्छेदको फैसला गरेको थियो । सो मुद्दामा उनीहरुका सात वर्षीय छोरा मानव र चार वर्षीय छोरा विज्ञानको पालनपोषणबारे भने अदालत बोलेको थिएन । बाबुआमाको सम्बन्ध विच्छेद भएपछि मानव र विज्ञान नलगाड ५, सिर्केमा आमा विमलाको साथ बस्दै आएका थिए ।

    विमलाले गत माघमा नबालक छोराहरुको लागि न्यायिक समितिको कार्यालयमा सुनिल सिंहविरुद्ध पालनपोषणको मुद्दा दर्ता गराउनुभएको थियोे । संयोजक बस्नेत, सदस्य राममाया हमाल र शेरबहादुर नाथको संयुक्त इजलासले गत वैशाखमा उक्त विवादमा बाबु सुनिलले छोराहरु आमासँग रहँदासम्म मासिक पाँच हजार दिनुपर्ने निर्णय गरेको थियो ।

    नाबालक छोरा बिरामी परे बाबु सुनिलले ६० प्रतिशत र आमा विमलाले ४० प्रतिशत खर्च ब्यहोनुपर्ने गरी फैसला भएको इजलास सहायक किरण थापाले बताउनुभयो । गत महीनासम्म उक्त समितिमा ३६ मुद्दा दर्ता भएकामा १९ वटा टुङ्गो लगाइसकेको छ । समितिले छलफल, मेलमिलाप र फैसलाको माध्यमबाट निर्णयमा पुग्ने गरेको उहाँको भनाइ थियो ।

    यहाँका प्रत्येक स्थानीय तहले न्यायिक कार्यसम्पादनका नाममा वर्षेनी ३० लाखसम्म खर्च गर्दै आएकामा उक्त रकम तालीम, सामग्री खरीदलगायत कार्यक्रममा खर्च गर्ने गरेको पाइएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!