अधिकांश घरेलु हिंसाका घटना पतिबाट

29 February, 2020 13:01 | जन सरोकार | comments | 19800 Views

महिला पुनःस्थापना केन्द्र (ओरेक)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकमा माघ महिनाभर ५६ वटा हिंसाको घटना श्रीमानबाट घटेका देखिन्छन् । एक महिनामा गरिएको अनुसन्धानअनुसार नेपालमा ४३ प्रतिशत महिला श्रीमानबाट प्रभावित भएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “२५ हिंसाको घटना छिमेकीबाट, २१ परिवारका सदस्य, १५ अपरिचित मानिस, छ प्रेमी, चार साथी, दुई शिक्षक र एक अविवाहिताबाट भएका छन् । माघमा ओरेकले कूल १३० लैङ्गिक विभेदमा आधारित हिंसाका तथ्याङ्क सङ्कलन गरेको थियो । यसमा ८१ वटा घटना स्वयं कार्यालयमा दर्ता भएका र ४९ वटा घटना विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त तथ्याङ्कमा आधारित रहेका न्यौपानेले बताउनुभयो ।

  

यसैगरी माघमा ५५ जना महिला घरेलु हिंसाको सिकार, १८ बलात्कार, १६ यौन दुव्र्यवहार, १५ सामाजिक हिंसाको सिकार, १४ हत्या, तीन हत्याको प्रयास र दुई जनामा बलात्कारको प्रयास तथा मानव बेचबिखन भएको देखिन्छ । उमेर समूहमा वर्गीकरण गरेर हेर्दा १७ देखि २५ वर्ष उमेर समूहका ४५, २६ देखि ३५ वर्षका ३०, १६ वर्षमुनिका २०, ३६ देखि ४५ वर्षका १६ र ४६ वर्षभन्दा माथिका महिला १० जना हिंसाको सिकार भएका छन् ।

उमेरका आधारमा आरोपितको वर्गीकरण गरेर हेर्दा उमेर समूह थाहा नभएका ३७ जना, २६ देखि ३५ वर्षका ३४ जना, १७ देखि २५ उमेर समूहका २४ जना, ३६ देखि ४५ वर्षका २१ जना, ४६ देखि ५५ वर्षका ११ जना पुरुष र ५६ वर्षभन्दा माथिका तीनजना मानिस रहेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More