अधिकांश बलात्कारी पुरुषत्वको अहं तथा व्यक्तित्व विकारको शिकार

20 June, 2019 22:15 |बिचार | comments | 44700 Views

    केही वर्षयता नेपालमा बलात्कार र हत्याका घटना बढिरहेका छन् । त्यसमा पनि पाँच वर्ष उमेरका बालिकाको समेत बलात्कार गरी हत्या गरिएका घटना सार्वजनिक भएपछि बलात्कार अपराध त हो नै यसको उपजको समेत खोजी हुन थालेको कि मानिस किन बलात्कारी बन्छ भनेर ।

    adsads

    बलात्कार अस्वस्थ मानसिकताको उपज हो । यसको मतलब मानसिक सन्तुलन ठीक नभएको भन्ने हैन । मानिस पागल नहुँदा पनि मन–मस्तिष्कमा विकार भरिंदा हिंस्रक बन्छ, बलात्कारी बन्छ । नातीले हजुरआमा बलात्कार गरेका घटना अनि हजुबाले नातिनी बलात्कार गरेको घटना पनि नेपालमै सुनिन्छ । यो सब एक प्रकारको रोगका कारणले हो, जसलाई मानसिक विकार भनिन्छ ।

    बलात्कार किन हुन्छ र कस्ता मानिसले गछन् भन्ने महत्वपूर्ण कुरा छ । केही वर्षअघि सार्वजनिक भएको एक अध्ययन प्रतिवदेन अनुसार जलवायु परिवर्तनले मानिसमा हिंसाको भावना बढाइरहेको छ र त्यो हिंसामा बलात्कार पनि पर्दछ ।

    समाजशास्त्रीहरु बलात्कारलाई एक जघन्य अपराध मात्र होइन कि एक अस्वस्थ समाजका उपजका रुपमा लिनुपर्ने बताउँछन् । मनोवैज्ञानिक दृष्टिमा बलात्कारका अनेक कारण हुन्छन् । मानसिक विचलन, महिलालाई तुच्छ ठान्ने प्रचलन (अब्सेसन), पुरुषमा हुने पुरुषत्वको अहं तथा व्यक्तित्व विकारहरूका कारण पनि मानिसले बलात्कार गर्छन् ।

    अर्कोतिर सूचना प्रविधिको विकासले हरेकको हातहातमा पुगेको मोबाइल फोनका कारण मानिसले अनेक किसिमका अश्लील चलचित्र तथा चित्रहरुका कारण पनि यौन दुव्र्यवहार बढेको छ । कम उमेरका व्यक्तिहरुले गर्ने बलात्कारमा यो एउटा प्रमुख कारण मानिएको छ ।

    प्रायः बलात्कारीको उमेर १६ वर्षदेखि २५ वर्षको बीचमा हुन्छ । आजभोलि बालक र वृद्धहरु पनि यसमा संलग्न पाइन्छन्, तर त्यो संख्या न्यून मात्र छ । अर्को तथ्य के पनि हो भने प्रायः बलात्कारीहरू अविवाहित हुन्छन् । तर एक अध्ययनका अनुसार बलात्कारीमध्ये आधा संख्या विवाहित पुरुषहरूको हुने गरेको छ । यसै गरी युवावर्गमा यो प्रवृत्ति बढी देखिए तापनि ४० देखि ५० वर्ष, कतिपय अवस्थामा ६०, ७० वर्षका व्यक्तिमा पनि अनुकूल परिस्थिति हुँदा यस्तो घटना भएको देखिन्छ ।

    अब चर्चा गरौं कस्तो पृष्ठभूमिका मानिसहरु बलात्कारी र बलात्कृत हुन्छन्– अधिकांश बलात्कारी निम्न सामाजिक, आर्थिक स्तर भएका हुन्छन् । यिनीहरूको आय, शिक्षा र बुद्धि सामान्यभन्दा कम हुन्छ । बलात्कारीहरू प्रायः समाजविरोधी व्यक्तित्वका धनी हुन्छन् भने कतिपय अपराधी मनोविकृतिद्वारा पनि पीडित हुन्छन् । मद्यपान गर्ने तथा नशालु पदार्थको सेवन गर्ने व्यक्तिले पनि बलात्कार गरेको देखिन्छ ।

    बलात्कार समाजिक तथा कानुनी रूपमै एक जघन्य अपराध हो । त्यसैले संसारभरि नै बढ्दै गएका बलात्कारका घटनाहरू रोकथाम गर्न हरेक देशले कुनै न कुनै उपायहरू अपनाएका छन् । नेपालमा यस विषयमा नयाँ कानुन लागू भएको छ । कतिपय देशमा त बलात्कारीलाई निकै कठोर सजाय र मृत्युदण्डसमेत दिने व्यवस्था छ । नेपालमा पनि बलात्कारको प्रकृति हेरेर बलात्कारीलाई जेलसजायको दण्ड दिइन्छ भने सामाजिक रूपमा पनि बलात्कारीलाई कुट्ने, पिट्ने तथा यदाकदा सामाजिक रूपमा पनि बहिष्कार गर्ने गरिन्छ ।

    हुन त दण्डसजाय बलात्कारको एक मात्र समाधान होइन । तर पनि दण्ड सजायले केही हदसम्म भए पनि बलात्कारका घटना न्यूनीकरण गर्न सक्षम रहेको देखिन्छ । बलात्कारमा प्रायः पुरुष नै विशेष रूपले अपराधी देखिन्छन् । त्यो किनभने समाजका घटेका अधिकांश बलात्कारका घटना पुरुषद्वारा नै गरिएको देखिन्छ । त्यसैले, यौन दुव्र्यवहारको न्यूनीकरण गर्न सबैभन्दा पहिला पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन हुन जरुरी छ । यसका लागि नागरिक शिक्षा, समाजिक शिक्षा तथा यौन शिक्षा र मनोवैज्ञानिक परामर्श महत्वपूर्ण हुन्छ ।

    अर्को महत्वपूर्ण पाटो आयआर्जनको अवसर, सुलभ शिक्षा र स्वास्थ्य तथा स्वस्थ वातावरण बलात्कार मात्र हैन कुनै पनि प्रकृतिको घटना कम गर्ने प्रमुख आधार हुन् । एउटा सभ्य समाजका लागि त्यो समाज स्वस्थ, सुखी र सम्पन्न हुनुपर्छ । यस्तो वातावरण बनाउनेतिर ध्यान नदिएर कानुन मात्रै कडा बनाउँदै जाँदा घटनाहरुमा कमी आउँदैन ।

    बलात्कारीलाई आजीवन कारावास माग

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    एएफसी यू–१६ च्याम्पियनसिप

    फेसबुक

    एएफसी यू–१६ च्याम्पियनसिप

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!