फेरि एकपटक जंगल जान सक्छु : प्रचण्ड फेरि एकपटक जंगल जान सक्छु : प्रचण्ड

  • फेरि एकपटक जंगल जान सक्छु : प्रचण्ड
  • फेरि एकपटक जंगल जान सक्छु : प्रचण्ड
  • फेरि एकपटक जंगल जान सक्छु : प्रचण्ड
  • फेरि एकपटक जंगल जान सक्छु : प्रचण्ड
  • फेरि एकपटक जंगल जान सक्छु : प्रचण्ड
  • फेरि एकपटक जंगल जान सक्छु : प्रचण्ड

अध्यक्ष प्रचण्डको दावी- “एमालेका नेताहरुलाई लाइन लगाएर प्रधानमन्त्री बनाउने मै हुँ”

15 May, 2019 20:28 | राजनीति | comments | 23250 Views

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन एमालेका युवा नेताहरुलाई एमालेका तीन नेतालाई लाइन लगाएर प्रधानमन्त्री बनाउने सामथ्र्य राख्ने आफ्नो योगदानको अवमूल्यन नगर्न आग्रह गर्नुभएको छ ।

प्रचण्डले भन्नुभयो, माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो, उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो ।

adsads
सबैभन्दा ठूलो पार्टीको नेता हुँदा हुदै मैले नै झलनाथजीलाई बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा प्रधानमन्त्री बनाएको हुँ ।

केपी ओलीलाई संविधान बनाउँ तपाई प्रधानमन्त्री भनेको हुँ । यो पटक पनि चुनावअघि नै तपाई प्रधानमन्त्री भनेको हुँ । अब तपाईहरुले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ।

बुधबार तत्कालिन एमालेको युवा संगठन युवासंघ नेपालको २९ औं स्थापना दिवसका अवसरमा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्च र दर्शकदीर्घामा पूर्वएमाले समर्थित नेता कार्यकर्ताको खचाखच भीडलाई सम्बोधन गर्दै उहाँले आफू समय अनुसार चल्ने नेता भएको प्रष्ट पार्दै आगामी दिनमा अझै नयाँ प्रयोग गरेर मात्र मर्ने चाहना रहेको र त्यसका लागि आफूलाई साथ दिन तत्कालिन एमालेका नेता कार्यकर्तालाई आह्वान गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
फेरि एकपटक जंगल जान सक्छु : प्रचण्ड

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!