अध्यक्ष प्रचण्डसंग छलफल गरी प्रधानमन्त्री ओली पोखरातिर

24 February, 2020 16:40 | राजनीति | comments | 21450 Views

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रचण्डसंगको भेटवार्ता लगत्तै प्रधानमन्त्री ओली पोखरा जानुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा मुलुकको समसामयिक विषयबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । थापाका अनुसार ‘‘अध्यक्ष दाहालले चितवनको डेलिगेशन लिएर आउनु भएको थियो’’, उहाँले भन्नुभयो, ‘‘सो डेलिकेशनका क्रममा उहाँहरुबीच मुलुकको समसामयिक र पार्टी सञ्चालनका विषयमा छलफल भयो ।’’

  

प्रभेटवार्ता लगत्तै पूधानमन्त्री ओली नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न उहाँ पोखरा जानुभएको हो । प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा प्रदेश प्रमुख अमिक शेरचन, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्री, प्रदेश मुख्य सचिव हरिप्रसाद बस्याल, प्रजिअ रमेशकुमार केसी, प्रदेशभित्रका सङ्घीय संसद्का सदस्य, प्रदेशसभा सदस्य, पार्टीका नेतालगायतले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा सभागृहमा हुने प्रशिक्षणमा प्रदेश कमिटीका सम्पूर्ण पदाधिकारी, प्रदेशमा रहेका केन्द्रीय कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी, प्रदेशभित्रका गाउँपालिका, नगरपालिकाका अध्यक्ष एवम् उपाध्यक्षसहित झण्डै एक हजार ४०० जनाको सहभागिता छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More