अनलाइनमार्फत ठगी गर्ने गिरोहले जम्मा गरेको १७ करोड रुपैयाँ फेला

11 December, 2019 14:36 | सूचना/प्रविधि | comments | 28350 Views

सूचना प्रविधिको दुरुपयोग गर्दै आकर्षक उपहार र विदेशबाट सामान आएको बहानामा रकम माग गरी ठगी गर्ने समूहले जम्मा गरेको करिब १७ करोड रुपैयाँ प्रहरीले फेला पारेको छ ।

सर्वसाधारणलाई अनलाइनबाट ठगीमा संलग्न गिरोहले दर्जन बैंक, वित्तीय संस्थामा जम्मा गरेको अवस्थामा सो रकम फेला पारेको हो ।

  

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार विभिन्न दर्जन बैंक तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएको हो । उहाँका अनुसार केही शंकास्पद व्यक्तिका नाममा १७ करोडभन्दा बढी रकम भेटिएको छ । पत्रचार गरेर यसको आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।

यस सम्बन्धमा बुधबार पत्रकार सम्मेलनमार्फत घटना विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

फेसबुकबाट कोठा भाडामा मिलाइदिन्छु भन्दै दुई लाख ५० हजार ठगी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More