चिदम्बरमचिदम्बरम

  • चिदम्बरम
  • चिदम्बरम
  • चिदम्बरम
  • चिदम्बरम
  • चिदम्बरम
  • चिदम्बरम

अनियमितता गरेको आरोपमा चिदम्बरमलाई पाँच दिन थुनामा राख्न विशेष अदालतको अनुमति

23 August, 2019 11:40 |विश्व समाचार | comments | 13650 Views

     चिदम्बरम

    भारतको केन्द्रीय अन्वेषण विभागको विशेष अदालतले पूर्व केन्द्रीय वित्त मन्त्री पि चिदम्बरमलाई थुनामा राख्न अनुमति दिएको छ । उहाँलाई यही अगस्ट २६ तारिखसम्म अन्वेषण विभाग (सिविआई)को थुनुवा कक्षमा राख्न बिहीबार अनुमति दिइएको हो ।

    adsads

    चिदम्बरम्लाई दुरसञ्चार सेवासम्वन्धी एउटा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको छ । उहाँलाई बुधबार नयाँ दिल्लीस्थित आफ्नै निवासबाट सिविआईको टोलीले गिरफ्तार गरेको हो । अदालतले चिदम्बरमलाई हरेक दिन ३० मिनेट परिवारजन र वकिलहरूले भेट्न पाउने व्यवस्था गर्न पनि अनुमति दिइएको छ ।

    सिविआईका न्यायधिवक्ता जनरल तुशार मेहताले चिदम्बरमलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा निवेदन दिनुभएको थियो । उहाँको माग अनुसार अदालतले पाँच दिने म्याद दिएको हो । दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिनपछि उहाँलाई पक्राउ गरिएको हो ।

    चिदम्बरमका वकिलहरूले भने उहाँमाथी राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचारको आरोप लगाएको दावी गरेका छन् । दुई पटकसम्म भारतको अर्थमन्त्री भइसकेका चिदम्बरम अहिले विपक्षी काङ्ग्रेस पार्टीको वरिष्ठ नेता हुनुहुन्छ भने सन् १९८४ देखि सांसद र एक पटक गृहमन्त्री पनि हुनुभएको थियो ।

    सन् २००७ मा अर्थमन्त्री हुँदा घुस खाएर विदेशी लगानीलाई बाटो खोलिदिएको आरोप पनि उहाँलाई लगाइएको छ । अनुसन्धानकर्ताहरुले उहाँका छोरा कार्ती चिदम्बरममाथि पनि अनुसन्धान गरिरहेका छन् ।

    भारतका पूर्वअर्थमन्त्रीलाई भ्रष्टाचारको अभियोग

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    चिदम्बरम

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    फेसबुक

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!