अनिवार्य तथा निःशुल्क शिक्षा विधेयकमा नागरिक सुझाव

30 August, 2018 20:42 | राजनीति | comments | 26400 Views

हरेक बालबालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा दिलाउने सम्बन्धमा संविधानको व्यवस्था अनुसार सांसदलाई सुझावपत्र हस्तान्तरण गरिएको छ ।

सो सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा शिक्षा अधिकारका क्षेत्रमा कार्यरत विभिन्न ३३९ सङ्घसंस्थाको साझा सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले बिहिबार सुझाव बुझाएको हो ।

adsads

शिक्षा एवं बालबालिकाको क्षेत्रमा कार्यरत अन्य विभिन्न सङ्घसंस्था तथा व्यक्तित्वबीच छलफल गरी बनाइएको उक्त सुझावमा नेपालको संविधान (२०७२) को धारा ३१ ले प्रत्याभूत गरेको प्रत्येक नागरिकलाई आधारभूत तहसम्म निःशुल्क तथा अनिवार्य शिक्षा र माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्राप्त गर्ने अधिकारलाई कार्यान्वयन गर्ने विषय विधेयकमा संशोधन गर्नुपर्ने सवाल समावेश गरिएको छ ।

एनसिइ नेपालले सो विधेयबारे यही भदौ ११ गते सांसद्, विज्ञ र सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गरेको थियो ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More