अनुसन्धानका क्रममा कुनै प्रकारको दबाब तथा प्रभावमा नपर्न प्रहरीलाई मुख्यमन्त्रीको निर्देशन

20 August, 2019 10:35 |प्रदेश , प्रदेश २ | comments | 34800 Views

    मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरीलाई अनुसन्धानका क्रममा कुनै प्रकारको दबाब तथा प्रभावमा नपर्न निर्देशन दिनुभएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरमा सोमबार आयोजित प्रदेश सरकारबाट प्राप्त सुरक्षा सामग्रीको हस्तान्तरण तथा निरीक्षण कार्यक्रममा उहाँले अपराध नियन्त्रणका लागि निष्पक्ष अनुसन्धान हुनुपर्ने भएकाले कसैको दबाब प्रभावमा नपर्न निर्देशन दिनुभएको हो ।

    adsads

    शान्तिसुरक्षा बिना प्रदेशको समृद्धि सम्भव नरहेकाले प्रदेश सरकार सुरक्षा व्यवस्थाप्रति संवेदनशील रहेको उल्लेख गर्दै उहाँले प्रदेश प्रहरीलाई आवश्यक सुरक्षा सामग्रीमा कुनै पनि प्रकारको कमी हुन नदिने प्रतिबद्धतासमेत जनाउनुभयो ।

    प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेश प्रहरीलाई उपलब्ध गराएको सुरक्षा सामग्री मुख्यमन्त्री राउतले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रधुमनकुमार कार्कीलाई हस्तान्तरण गर्नुभएको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन कुनै कमी नराखिने बताउनुभयो ।

    उहाँले एकाइसौँ शताब्दीमा अपराधको प्रवृत्तिमा समेत परिवर्तन भएकाले सोही अनुरुप प्रहरीलाई रुपान्तरण गरिने उल्लेख गर्नुभयो । सो अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारीलाई सम्मानसमेत गरिएको थियो ।

    प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गरिने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!