अनेसास अनेसास

  • अनेसास
  • अनेसास
  • अनेसास
  • अनेसास
  • अनेसास
  • अनेसास

अनेसासको ४१ औं साहित्यिक शृङ्खला टोकियोमा हुँदै : कृति विमाेचन हुने

8 August, 2017 11:00 | जापान | comments | 163950 Views

अनेसासअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको नियमित ४१ औं साहित्यिक शृङ्खला शनिबार टोकियोमा हुने भएको हो ।

सोही अवसरमा सय जनाभन्दा बढीकाे साहित्य कृति समावेश गरिएकाे कविता संग्रह ‘जापानमा नेपाली कवि र कविता’ को बिमोचन गरिने कार्यक्रम रहेकाे छ ।

adsads
समाराेहमा कृति विमोचनका साथै बिभिन्न सर्जकहरुद्वारा आ-आफ्ना साहित्यिक सिर्जना वाचन गरिने कार्यक्रम रहेको अनेसास जापानका अध्यक्ष विष्णुप्रसाद घिमिरेले जानकारी दिनुभयो।

समाराेहमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक साहित्यकार सुरेन्द्र अस्तफलले सहभागिता जनाउनु हुने कार्यक्रम रहेकाे छ । अतिथि साहित्यकारहरुको विशेष उपस्थितिमा जापानभरिका कविहरुको कविता संग्रहको विमोचन र साहित्यिक सिर्जना वाचन हुने सधैको भन्दा पृथक शृङ्खलामा उपस्थिति भई शोभा बढाईदिन अनेसासका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका कार्यक्रम संयोजक प्रकाश पौडेल ‘माइला’ ले जापानबासी नेपालीहरुमा अपील गर्नुभएको छ ।

कार्यक्रम शिनओकुबोस्थित आरएस आर्ट कोर्ट हल (टोकियो रोधी क्लवको पछाडि) मा अपरान्ह १ बजेदेखि हुने बताईएको छ ।

जापानका तीन कविले हात पारे अनेसास जापान सिटीमनी साहित्य उपाधी(फाेटाे फिचर)

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अनेसास

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!