अनेसास जापानको अध्यक्षमा गिरिजा गैह्रे

3 December, 2019 17:35 | जापान | comments | 57450 Views

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) जापान च्याप्टरको अध्यक्षमा गिरिजा गैह्रे सर्वसहमतिमा चयन हुनुभएको छ । आइतवार टोकियोमा सम्पन्न अनेसास जापानको ११ अधिवेशनबाट निर्वतमान उपाध्यक्ष समेत रहनुभएका गैह्रे सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको हो ।

समितिको उपाध्यक्षमा अरुण पौडेल, हेमन्त गिरी, महिला उपाध्यक्षमा सुमित गिरी, महासचिव रविन शर्मा, सचिव ध्रुव बन्जाडे, सह–सचिव सविना रेग्मी र कोषाध्यक्षमा आनन्द अधिकारीलाई चयन गरिएको छ ।

सदस्यहरुमा मिनराज बास्तोला, दिपा घिमिरे, प्रकृती फुँयाल, शरद पोख्रेल, केवी पारखी, मञ्जु गिरी, संगीता कुँवर, सुमन प्रतिबिम्ब, रमेश लामिछाने र अनिल कुमार निर्दोष चयन हुनुभएको छ ।

  

कार्यक्रममा संस्थाका जापान संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रंय अध्यक्ष डा कुमार बस्नेत, अनेसासका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माईला, अनेसास जापानका अध्यक्ष विष्णुप्रसाद घिमिरे, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, पदमसिंह ठगुन्ना, राजेन्द्र जमरकट्टेल, डा विजय ज्ञवाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा अनेसास जापानका सल्लाहकार तथा निर्वाचन सिमितका बेलुकाजि थापाले सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिको घोषणा गर्नुभएको थियो ।

अधिवेशन साथै वृहत कवि गोष्ठि तथा ५३ औं नियमित सहित्य श्रृंखला समेतसंगै भएको कार्यक्रममा सर्जकहरु मिनराज बास्तोला, सेवक पिसि, ध्रुव बन्जाडे, हेमन्त गिरी, दिपा घिमिरे, ज्वाला संग्रौला, श्रवण सत्याल, अनिलकुमार निर्दोष, नेत्र पाण्डे, रमेश लामिछाने, रामहरि खपाङगी, सरिता ढकाल, गिरिजा गैह्रे, दिपक नेपाल लगाएतले रचना बाचन गर्नुभएको थियो ।

कार्यक्रम निर्वतमान अध्यक्ष दीप पाठकको अध्यक्षता, उपाध्यक्ष श्रवण सत्यालको स्वागत तथा रविन शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस

फेसबुक

कांग्रेस

ट्वीटर

सामाजिक सञ्जाल

More