जुम्ल्याहा जुम्ल्याहा

  • जुम्ल्याहा
  • जुम्ल्याहा
  • जुम्ल्याहा
  • जुम्ल्याहा
  • जुम्ल्याहा
  • जुम्ल्याहा

अनौठो डीएनए खुलासा : जुम्ल्याहा सन्तानका भिन्दाभिन्दै बावु

28 March, 2019 11:25 | बिचित्र | comments | 36150 Views

जुम्ल्याहा

चीनको झियामेन सहरमा एक महिलाले यस्ता दुई जुम्ल्याहा सन्तानलाई जन्माइन्, जसका पिता अलग अलग हुन् ।डीएनए टेस्टमा यस्तो कुरा खुलासा भएको हो ।

adsads

महिलाले आफ्ना श्रीमानसँगै अर्का पुरुषसँग पनि सम्बन्ध स्थापित गरेको पनि उक्त रिपोर्टसँगै खुलासा भएको बताइएको छ ।बावुआमा बनेको उक्त जोडी जब आफ्ना सन्तानको नाम प्रहरीकहाँ दर्ता गराउन गए त्यसबेला यस्तो कुराको खुलासा भएको हो । प्रहरीले डीएनए टेस्ट गराउने क्रममा यस्तो खुलासा भएको थियो ।

सोधपुछको क्रममा महिलाले स्वीकार गरिन् गल्ती

सँगै जन्मिएका दुई सन्तानको भिन्न अनुहार देखिएपछि बावुले शंका गर्दै यसबारे चासो देखाए । फलस्वरुप प्रहरीकहाँ डीएनए टेस्टसँगै महिलालाई सोधियो । महिलाले भने सुरुमा जवाफ दिएकी थिइनन् । पछि डीएनए रिपोर्ट आएपछि आफूले फरक दुई पुरुषसँग सम्बन्ध राखेको स्वीकार गरेकी थिइन् ।

यससँगै उक्त दम्पत्तिले पाएको जुम्ल्याहा सन्तानको बारेमा चीन र विदेशमा समेत समाचार बनेको छ । अन्तर्राष्ट्रिय मिडियाले यस घटनालाई एक अनौठो समाचारको रुपमा सन्प्रेषण गरेका छन् ।

अन्नपूर्ण पोस्ट/ एजेन्सी

५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जुम्ल्याहा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!