तिल गाउँतिल गाउँ

  • तिल गाउँ
  • तिल गाउँ
  • तिल गाउँ
  • तिल गाउँ
  • तिल गाउँ
  • तिल गाउँ

अनौठो तिल गाउँ, राति सात बजे पछि मानिस छिर्न प्रतिबन्ध

11 September, 2018 13:35 |पत्रपत्रिका | comments | 33150 Views

    तिल गाउँ

    सुन्दैमा अचम्म लाग्न सक्छ । यो हुम्ला जिल्लाको उत्तरी तिब्बतसंग जोडिएको नाम्खा गाउँपालिका ६ कै लिमीको तिल गाउँ हो ।

    adsads

    जहाँ ६० घरधुरी भएको तिल गाउँमा बेलुकी सात बजे पछि गाउँमा जोसुकै लाई पनि घरमा छिर्ने अनुमति नै छैन । गाउँमा अधिकांस , महिलाहरु,बुढापाका र ब लबालिका मात्र छन्। जुन तिल गाउँमा बेलुकी सात बजे पछि जोसुकै मानिसहरु आए पनि बस्नको लागि बास पाईदैन । किन भने तिल गाउँका स्थानीय बासिन्दाहरुले राति आउने पाहुना वा आफ्नै गाउँका मानिसहरुलाई समेत घर भित्र पस्न नदिने निर्णय गरेको छन्। हुम्लाकै उतरी तिब्त संग जोडिएको यो अनाकन्टर बरिपरि बस्तीनै नभएको एक्लो गाउँ हो ।

    जहाँ तिल गाउँमा जानको लागि हिल्साबाट पैदल मार्ग हिडेर ६ घण्टा लाग्छ ,भने उता नजिकै जोडिएको अर्को हल्जी गाउँबाट हिंडेर जान पनि ४ घण्टा लाग्छ । वरीपरि पहाडैपहाड छ भने विचमा सानो समथर भूभागमा भएको एउटा सानो गाउँ छ । तिल गाउँका मानिसहरुको व्यवसाय भनेको पशुपालन हो । उत्पादन गर्ने कृषि योग्य जमिन भने थोरै छ । जहान बालबच्चा पाल्नको लागि अहिले त्यहाँका युवायुवती महिला पुरुष समेत तिब्बतको ताक्लाकोटमा कामको खोजीमा सबै गाउँबाट निस्किसकेका छन् । कोहि चौरी गाई गोठाला त कोहि च्याँग्रा भेडा पाल्नको लागि लेक तिर गएका छन् ।

    गाउँमा भने घर हेर्नको लागि महिला, बुढापाका र बालबालिका मात्रै छन । हरेक बर्ष बर्षायामा कामको खोजीमा गाउँ बाट बाहिरिन्छन् । गाउँमा पुरुष नभए पछि बाहिरबाट आएका मानिस बाट चोरी हुने र महिला माथि बलत्कारका घटना घटेपछि गाउँमा जोसुकै लाई पनि राति सात बजे पछि घरको ढोका नखोल्ने निर्णय गरेको समेत तिल गाउँनिवासी पेमा डोल्कार तामाङ्गले बताइन । आफू पनि काठमाण्डौको बौद्धमा रहेको शेतो गुम्बा नजिकै आफ्नो घर भएकोले कार्तिक महिना सम्म घर हेर्नको लागि तिल गाउँमा आएको बताउनु भयो । सबै घरपरिवार काठमाण्डौमा र यहाँ घरमा कोहि नभए पछि यो वेला घरको सुरक्षाका लागि आएको बताइन् । हिउँद ६ महिनामा भारि हिउँ पर्ने भएकोले गाउँले बाहेक अरु कोहि पनि नआउने हुँदा गाउँ सुरक्षित हुने समेत तामाङ्गले बताईन ।

    राति आउने वटुवा भोकभोकै सुत्नु पर्ने
    राति सात बजे पछि आउने बटुवा वा छिमेकी गाउँले नै बास नपाए पछि ओत लाग्ने ठाउँमा भोकभाकै सुत्नु पर्ने हुन्छ । गाउँको बनाएको नियम पालना गर्दे सात बजे पछि घरमा बत्ति बालेर बसिरहेको या खाना खाईरहेका घरमुलीलाई बास पाउँ भनेर आग्रह गरे पनि सुनेर पनि नसुनै झै गरि ढोका बन्द गर्ने चलन रहेको छ । लिमी पर्यटन महोत्सवको लागि हिल्साबाट लिमीको हल्जी गाउँमा हानिएका जिल्ला पत्रकार महासंघ हुम्लाका अध्यक्ष सहितको एक टोलि एक रात बास नपाउँदा जाग्राम बस्नु परेको गोरखापत्र दैनिकका जिल्ला संवादाता राजन रावतले बताउनु भयो । उहाँका अनुसार राति ठिक सात बजे तिल गाउँमा पुगेता पनि कसैले ढोका खोलेनन र बास पानि पाइएन । ओत लाग्नको लागि तिलबासिको (ग्याङ्ग) घाँस सुकाउने घरमा ओढ्ने ओछ्याउने विना सुत्नु परेको बताए ।

    सिमकोट फिस्टेल एअरको हेलिकोप्टरबाट हिल्सामा पुगेको र हिल्सा बाट ६ घण्टा हिंडेर राति सात बजे तिलगाउँमा पुगेको अर्का पत्रकार कारोवार दैनिकका संवादाता रेशम राज रोकायाले बताए । सिमकोट बाटै बोकेर लिएकोे ड्राईफुट खाएर राति बिताएको कारोवार दैनिकका हुम्लाका संवादाता रोकायाले दुखेसो पोख्नु भयो । उहाँका अनुसार विहान उज्यालो भए पछि तिलबासी भने लज्जित भए । ओछ्याउने र ओढ्ने विना सुतिरहेको देखे । के गर्नु गाउँले बनाएको नियम हो ।सबैले नियम पालना गर्नु पर्छ तिलबासी तामाङ्गले बताइन । विहान उठेपछि त पाहुनालाई सत्कार गर्दै खाना खुवाए । हुम्लाको उत्तरी तिल गाउँमाा मात्र होइन हल्जी र जाँग गाउँमा पनि राति अवेर आउने लाई समस्या नै हुन्छ । नत् हिड्ने बटुवालाई बास बस्ने होटल छन् नत् गाउँलेले नै राति साढे सात बजे पछि बास बस्नको लागि गाउँमा बास दिन्छन ।

    आजको नेपाल समाचारपत्रमा खबर छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    तिल गाउँ

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!