अन्जली चन्दको कीर्तिमानी बलिङ माल्दिभ्सबिरुद्ध पहिलो ओभरमै जीत

2 December, 2019 16:44 |खेल | comments | 3900 Views

    १३ औं दक्षिण एसियाली खेलकूद अन्तर्गत महिला क्रिकेटमा नेपालले कीर्तिमान जीत दर्ता गरेको छ । सोमबार पोखरामा सम्पन्न खेलमा अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको हो ।

    adsads

    टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्‍यो । काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो ।

    नेपालको शानदार जितमा बलर अञ्जली चन्दको कीर्तिमानी बलिङ रहृयो । खेलको छैटौं ओभरमा बलिङमा आएकी उनले एक रन पनि नदिई तीन विकेट लिइन् । नवौं ओभरमा पनि दुई विकेट लिइन् । ११ औं ओभरको पहिलो बलमै विकेट लिँदै उनले हृयाट्रिक पूरा गरिन् । जम्मा २.१ ओभर बलिङ गरेकी उनले एक रन पनि दिइनन् र ६ विकेट लिइन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More