अन्ततः रवि र निकिताले गरे कोर्ट म्यारिज, पूर्व पत्नीले दिईन बधाई
बहुचर्चित टेलिभिजन पत्रकार रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलबीच कोर्ट म्यारिज भएको छ । केही दिन अघि मात्र डिभोर्सपछि रविकी पूर्वपत्नी ईशा श्रेष्ठले निकतासँग बिहे गर्नकै लागि रवीले आफूलाई डिभोर्स दिएको आरोप लगाएकी थिइन ।
यी दुबै डिभोर्सी हुन् । विवाहपछि रविले आफ्नो फेसबुक पेजबाट सबैसंग आशीर्वाद मागेका छन् । सोमबार फेसबुकमा स्टाटस लेखेर रवीले निकितासँग बिहे गरेको जानकारी दिंदै एक–अर्काको परिवार, आफन्त र नातागोताको छलफल एवं अनुमतिमा काठमाडौं जिल्ला अदालतमा बिहे दर्ता गरेको बताएका छन् ।
विवाहपछि रविले लेखेका छन्- “ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।”
रविले अहिले अदालती विवाह गरे पनि आगामी वैशाखमा परम्परागत रुपमा फेरि बिहे गर्ने पनि बताएका छन् ।
लामिछानेले निकिता पौडेलसँग विवाह गरेपछि अमेरिकामा रहेकी इशाले उनकी पूर्वपत्नी ईशा लामिछानेले पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको भन्दै बधाई दिएकी छन् ।
निकितासँग बिहेसँगै रविको काँधमा तीन परिवारको जिम्मेवारी आएको छ । उनले पूर्वपत्नी ईशा र उनीतर्फका दुई छोरीहरुको सम्पूर्ण जिम्मेवारी लिने गरी सम्झौता गरेका छन् । यस्तै उनको एक विदेशी महिलासँग सम्वन्ध भएर एक छोरा छ । ती महिलाले छोरालाई दिदीको जिम्मा लगाएर अर्कै पुरुषसँग बिहे गरेकी छन् । यता निकिताको पूर्वपतिका तर्फबाट एक छोरी छिन् ।
रबि लामिछानेको बिश्व कीर्तिमानी
तपाईंको प्रतिकृया
ताजा समाचार
- नेपाल साग फुटबलको फाइनलमा- भुटानसंग उपाधीका लागि भीडन्त
- द्वन्द्वको घाउ निको हुन समय लाग्छ : राष्ट्रपति भण्डारी
- सीमा अतिक्रमण हुन बचाएको विद्यालयकै जग्गाधनी पूर्जा छैन
- नयाँ दिल्लीमा कारखाना आगलागीः कम्तीमा ४३ जनाको मृत्यु
- तेस्रो स्वर्ण जित्दै इतिहास रचिन गौरिकाले : जुडोमा देवीकाले दिलाइन स्वर्ण
- एकै दिनमा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु
- बम बिस्फोट गराउने विप्लव समूहका मेची नगर इञ्चार्ज पक्राउ
- नेपाल भ्रमण वर्षका लागि पाँच हजारजनालाई पर्यटकीय तालीम
- जति नै पीडित भए पनि नारी मन- पलाउँछ माया अनि फेर्छन् बयान
- ट्रकको ठक्करबाट बालिकाको मृत्युपछि प्रहरी र विद्यार्थीबीच झडप डिएसपीसहित नौ प्रहरी घाइते
- सार्क स्थापनाको पैँतीस वर्ष : सधैं भारत-पाक तनावको शिकार
- जब जिम्मेवारहरु नै बेचबिखनमा सक्रिय हुन्छन् भने…
- भ्रमण वर्ष २०२० सफल बनाउन सचिवालय गठन- प्रचार प्रसार तीब्र
- प्रमोदको कोचिङमा ‘द भ्वाइस अफ नेपाल’- २ को उपाधि राम लिम्बुलाई
- थलीमा स्थानीयबासी उत्रिए सडकमा : टायर बालेर बिरोध
- चीनको विदेशी मुद्रा सञ्चिती ३० खर्ब ९५ अर्ब अमेरिकी डलर
- अवैध मेडिकल र झोले डाक्टरका कारण दुई महिनामा पाँचजनाको ज्यान गयो
- हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा
- भ्रमण वर्षलाई क्रिस्टोफर फाउण्डेशनले सहयोग गर्ने
- आजको राशिफल– २०७६ मंसिर २२ गते आइतबार
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


